मंसिर, १९ इटहरी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)प्रदेश न १ कमिटिले इटहरीमा आयोजना गर्न लागेको दुइदिने प्रशिक्षण सम्बन्धी जानकारी दिन केन्द्रीय सद्स्य केसबकुमार बिस्ट्को इटहरी स्थित चिया चौतारी रिसोर्टमा आज पत्रकार सम्मेलन तथा भेटघाट कार्यक्रम सम्म्पन्न भएको छ ।
भेलामा पार्टी सुढृढिकरण र विस्तारका लागि अगुवा कार्यकर्ताहरुलाई प्रशिक्षित गर्ने योजना रहेको आयोजक कमिटिका प्रमुख ब्यबस्थापक पार्टिको केन्दृय समिती सद्स्य तथा सुन्सरी जिल्ला सहइन्चर्ज केसब बिस्ट्ले बताउनु भयो। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का प्रदेश अध्यक्ष तथा तृयुगा गाइघाट नगर पालिका मेयर बलदेव चौधरीले पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट विद्रोह गर्दै वैचारिक रुपमा पार्टीका कार्यकर्ताहरुलाई भुत्ते बनाउने एमाले प्रवृतिका विरुद्ध समाजवादी पार्टीले कार्यकर्ताहरुलाई प्रशिक्षित गर्न शुरु गरेको जानकारी दिनु भयो।
सो भेलालाई नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले खुल्ला रुपमा सम्वोधन तथा कार्यकर्ताहरुलाई प्रशिक्षित गर्ने कार्यक्रम रहेको जानकारी दिदै चौधरीले पार्टी गतिबिधी बारे पत्रकार बर्गले समाचार लेखी सहयोग गरि दिन आग्रह गर्नु भयो।पत्रकार कौसल चेम्जोङ,पिबि दियाली,सर्बेस आचार्य,प्रकाश बान्जरा,सचिन राई,सचिन पोखरेल,दिपक कर्की,सन्कर खत्री लगायत थिए।पार्टी नेताहरु महेस रेग्मी,महफुज आलम,केसब तिम्सिना,राजन राइको उपस्थिती थियो।
२१ र २२ गते आयोजा हुने सम्मेलनमा प्रदेश १का सबै जिल्ला कमिटी पदाधिकारी र जनवर्गीय संगठनका पदाधिकारी तथा प्रदेश कमिटीका सदस्यसहित चार सय ५० जनाले सहभागिता जनाउने केसब बिस्ट्ले बताउनु भयो।
केन्द्रीय उपाध्यक्ष तथा प्रशिक्षण विभाग प्रमुख प्रमेश हमालले दक्षिणपन्थी अवसरवाद तथा विसर्जनवादविरुद्धको संघर्ष विषयमा जगन्नाथ खतिवडा उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले पार्टी कार्यमा प्रचारात्मक कार्यको महत्वबारे र पार्टी सचिव तथा मुख्य मन्त्री राजेन्द्र राईले प्रदेश सरकारको अवस्था र कार्य योजनाबारे पहिलो दिन प्रशिक्षित गर्ने कार्यक्रम रहेको छ । यसैगरी भेलाको दोस्रो दिनको कार्यक्रममा महासचिव बेदुराम भुषालले पार्टीको संगठनात्मक सिद्धान्त र आगामी कार्य योजना, सम्मानीत नेता क. झलनाथ खनालले जुम प्रविधिको उपयोग गर्दै वर्तमान नेपाली क्रान्ति र समाजवादको कार्य दिशा, केन्द्रीय उपाध्यक्ष तथा प्रदेश इन्चार्ज. घनेन्द्र बस्नेतले कम्युनिष्ट पार्टी सदस्यको नैतिक आचरणबारे प्रशिक्षित गर्ने कार्यक्रम रहेको छ ।
पोलिटव्यूरो सदस्य महेश रेग्मीले सञ्चालन गर्नु भएको पत्रकार सम्मेलनमा उठेका विभिन्न सवालबारे इन्चार्ज घनेन्द्र बस्नेतले जवाफ दिनु भएको थियो । कार्यक्रम नेपालकैं प्रसिद्ध ५५ थरिका चिया पाइने चिया चौतारीमा भएको थियो ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved