नेपालले उचाल्यो उपाधी, दोस्रो पटक एसियन सिनियर सेन्ट्रल जोन च्याम्पियन बन्यो

  • प्रकाशित मितिः पुस १३, २०७८
  • 731 पटक पढिएको
  • समय अनलाइन

काठमाडौ । नेपाली महिला भलिबल टोलीले दोस्रो पटक एसियन सिनियर सेन्ट्रल जोन भलिबल च्यालेन्जको उपाधि जितेको छ । ढाका उज्वेकिस्तानलाई ३(२ को सेटमा हराउँदै नेपाल दोस्रो पटक च्याम्पियन बनेको हो ।

नेपाल र उज्वेकिस्तानबीचको फाइनल रोमाञ्चक भएको थियो । पहिलो सेट नेपालले २६–२४ ले जित्यो । त्यसपछि उज्वेकिस्तान खेलमा फर्कियो । यससँगै उसले २६–२४ ले दोस्रो सेट जित्दै खेल १–१ को अवस्थामा ल्यायो ।

यसपछि नेपालले पुनः आफ्नो रवाफ देखायो । तेस्रो सेट २५–१५ को भारी अन्तरले जित्न सफल भयो । चौथो सेट जितेको भए नेपालले सिधै उपाधि जित्ने थियो । तर, उज्वेकिस्तानले यस्तो हुन दिएन । सो सेट २५–२२ ले जित्दै उज्वेकिस्तानले खेल फेरि २–२ को बराबरीकोे स्थितिमा पुर्यायो ।

तर, निर्णायक अन्तिम सेट १५–१० को रोमाञ्चक जित निकाल्दै जित्दै नेपालले उपाधिमाथि कब्जा जमायो । खेलमा नेपालले दुईपटक अगत लिएको थियो । उज्वेकिस्तानले दुवैपटक बराबरी ल्यायो । तर, अन्तिम सेटमा पुनः नेपालले आफ्नो वर्चश्व कायम राख्न सक्यो ।

दुई वर्षअघि पनि नेपालले प्रतियोगिताको उपाधि जितेको थियो । नेपालले त्यतिबेला फाइनलमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved