जन्ती वोकेको स्कार्पियो दुर्घटना, ४ जनाको मृत्यु

  • प्रकाशित मितिः पुस १३, २०७८
  • 747 पटक पढिएको
  • समय अनलाइन

काठमाडौ । बाक्लो हुस्सुकाबीच रौतहटमा जन्ती बोकेको स्कार्पियो दुर्घटना हुँदा ४ जनाको निधन भएको छ । भारतीय नम्बर प्लेटको स्कोर्पियो दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा अन्य ३ जना घाइते भएका छन् ।

गौर-चन्द्रपुर सडक खण्डको सखुअवा र जयनगरको बीचमा गाडी दुर्घटनामा परेको हो । स्कार्पियोमा ८ जना सवार रहेको रौतहट प्रहरी प्रमुख एसपी बिनोद घिमिरेले बताए ।

घाइतेहरुको गरुडास्थित विभिन्न अस्पतालमा उपचार भैरहेको छ । रौतहटको गढिमाई नगरपालिका ३ गमहरियाबाट नरकटियातर्फ जन्ती बोकेर गएको उक्त गाडी अपरान्ह ३ बजेतिर दुर्घटना भएको हो । दुर्घटनामा परेकाहरुको पहिचान खुलेको छैन ।

भारतीय नम्बर प्लेटको गाडीमा सवार उनीहरु कहाँका नागरिक हुन् भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण पनि खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved