व्यापारी मृत्यु प्रकरण :सर्लाहीमा भरे साँझ ७ बजेसम्म निषेधाज्ञा

  • प्रकाशित मितिः पुष १४, २०७८
  • 470 पटक पढिएको
  • समय अनलाइन

सर्लाही / सर्लाही प्रशासनले जारी गरेको निषेधाज्ञा आज (बुधबार) पनि कायमै छ । प्रहरी भ्यानको ठक्करबाट व्यापारीको ज्यान गएको विषयलाई प्रदर्शन भएपछि जिल्ला प्रशासन कार्यालयले हिजो ३ बजेदेखि आज साँझ ७ बजेसम्मलाई निषेधाज्ञा जारी गरेको छ । व्यापारीको मृत्यु भएपछि जिल्लामा तोडफोड र तनाव उत्पन्न भएको थियो ।

स्थिति नियन्त्रणमा लिन प्रशासनले केशरगन्ज सर्लाहीबाट पूर्व ईश्वरपुर नगरपालिका–४ सागरनाथ टोलसम्म र पश्चिममा ईश्वरपुर नगरपालिका–८ रामपुर टोलसम्म तथा इलाका प्रहरी कार्यालय, केशरगन्ज सर्लाहीबाट उत्तर ईश्वरपुर नगरपालिका–५ सखुवनी टोलसम्म र दक्षिणमा ईश्वरपुर नगरपालिका–९ खोरिया टोलसम्म निषेधाज्ञा जारी गरेको छ । 

आइतबार राति बयलवास इलाका प्रहरी कार्यालयको जिपले स्थानीय व्यापारी ३० वर्षीय रामकुमार महतोलाई ठक्कर दिँदा उनको मृत्यु भएको थियो । प्रहरीले महतोको मृत्यु गएपछि घटना लुकाउन खोजेको र मृत्यु नै शङ्कास्पद भएको भन्दै स्थानीय व्यापारीले टायर बालेर विरोध प्रदर्शन गरेका छन् । हिजो जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले निषेधाज्ञाको निर्णय गरेको थियो । 

‘दुर्घटनासम्बन्धी विषयलाई लिएर ईश्वरपुर नगरपालिका क्षेत्रमा भएको सार्वजनिक सम्पतिको तोडफोड, आगजनीलगायत गरिरहेको विरोध प्रदर्शनका कारण सर्वसधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै मङ्गलबार ३ बजेदेखि बुधबार साँझ ७ः०० बजेसम्म कुनै किसिमको भेला हुन, बाहिर हिँडडुल गर्न तथा राजनीतिक सभा तथा गतिविधि गर्न नपाउने निषेधाज्ञा आदेश जारी गरिएको छ,’ प्रशासनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved