सोलुखुम्बु । सोलुखुम्बुमा निर्माणाधीन सोलुखोला-दूधकोसी जलविद्युत् आयोजनामा दुई जना इन्जिनियरको मृत्यु हुने गरी भएको घटनाको छानबिन गर्न सरकारले समिति गठन गरेको छ।
सोलुखोला-दूधकोशी जलविद्युत् आयोजना परीक्षणका क्रममा सोमबार दिउँसो फलामे पाइप पड्किँदा दुई जना इन्जिनियरको मृत्यु भएको थियो।
घटनामा आयोजनाका इन्जिनियर अछामका २६ वर्षीय सुवास राज रेग्मी र काभ्रेका २९ वर्षीय अर्जुन थापाले ज्यान गुमाएका थिए। उक्त घटनामा सिराहा औरही गाउँपालिका २ का २९ वर्षीय महमद जाबेतर राइन घाइते भएका थिए।
यस घटनाको वास्तविकता पत्ता लगाएर प्रतिवेदन पेस गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सहसचिव चिरञ्जीवी चटौतको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो।
समितिले घटनाको वास्तविकता पत्ता लगाइ भविष्यमा यस्ता घटना दोहोरिन नदिन कार्यविधि बनाउने मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटुवालले बताए।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved