स्वाट्टै घट्यो काठमाडौंको तापक्रम, जाडोबाट जोगिन २४ घण्टे चेतावनी

  • प्रकाशित मितिः पुस १४, २०७८
  • 717 पटक पढिएको
  • समय अनलाइन

काठमाडौं । मंगलबार रातिदेखि देशभरजसो वर्षा तथा उच्च पहाडी र हिमाली भेगमा जारी हिमपातका कारण देशभरकै जनजीवन कष्टकर बनेको छ। अहिले पनि देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा तथा उच्च पहाडी र हिमाली भेगमा हल्कादेखि मध्यम हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

दिनभर घाम नलागेको तथा पानी परेका कारण देशभर नै अधिकत तापक्रम ह्वात्तै घटेको छ। यसै क्रममा काठमाडौं उपत्यकाको अधिकतम तापक्रम पनि स्वाट्टै घटेको छ।मौसम पूर्वानुमान महाशाखाको रेकर्डअनुसार आज काठमाडौं उपत्यकाको अधिकतम तापक्रम ८.१ दशमलव सेल्सियस डिग्रीमा झरेको हो। 

मौसमविद् मञ्जु बासीका अनुसार काठमाडौं उपत्यकाको अधिकतम तापक्रम हिजो मंगलबारभन्दा आज एकैचोटि ७.१ डिग्री तापक्रम घटेको हो। उनका अनुसार हिजो यहाँको अधिकतम तापक्रम १५.२ डिग्री सेल्सियस थियो। 

यसैगरी अन्य स्थानमा पनि तापक्रम घटेको छ।   मौसमविद्का अनुसार अधिकत तापक्रम घट्दा दिउँसो जाडो बढ्छ भने न्यूनतम तापक्रम घट्दा बिहान चिसो बढ्छ। 

मौसम बदली र वर्षा भएका बेला सामान्यतया अधिकतम (दिउँसोको) तापक्रम घट्छ भने न्यूनतम (बिहानको) तापक्रम बढ्छ। तर लगातार झरीका कारण चिसो बढेकाले भोलि भने न्यूनतम तापक्रम पनि घट्ने सम्भावना रहेको मौसमविद् बासीले बताइन्। 

यसैबीच जाडोबाट जोगिन भन्दै मौसम पूर्वानुमान महाशाखाले बुधबार साँझ ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।  

जसमा भनिएको छ : देशभर सामान्यदेखि पूर्ण  बदली  रहनेछ। देशका केहि स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको पनि सम्भावना छ। यो मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई/यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकाले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र भारतको बिहार आसपसमा रहेको न्यून चापीय क्षेत्रको  प्रभाव छ।

मौसमविद् बासीका अनुसार भोलि बिहीबार दिउँसोबाट मात्र मौसम सुधार हुनेछ। आज राति पनि वर्षा र हिमपात जारी रहने देखिएको जानकारी उनले दिइन्।‘भोलिबाट चाहिँ मौसम क्रमिक रूपमा सुधार हुने सम्भावना छ’, बुधबार बेलुका मौसमविद् बासीले भनिन्, ‘भोलि दिउँसो भने काठमाडौंलगायत स्थानमा घाम लाग्ने सम्भावना छ।’  

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved