माओवादी केन्द्रको जारी बन्दशत्र : नारायणकाजी श्रेष्ठ र गिरिराजमणी पोखरेलद्वारा बहिष्कार !

  • प्रकाशित मितिः पुष १६, २०७८
  • 465 पटक पढिएको
  • समय अनलाइन

काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशनको बन्द शत्र राजधानीको प्रज्ञा भवनमा जारी छ । उक्त महाधिवेशनको आज ५ औँ दिन हो । आज प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदन माथि आ–आफ्टो टोलीको तर्फबाट नेताहरुले धारणा राख्दै छन् ।तर, आजको बैठकमा उपाध्यक्ष नारायाणकाजी श्रेष्ठ र स्थायी समिति सदस्य गिरिराजमणी पोखरेलले बहिस्कार गरेको पाइएको छ ।

बन्दशत्रमा सहभागी कार्यकर्ताहरुले निर्मल लामा बहुप्राविधिक शिक्षालयमा रहेको जनयुद्धका शहिद रामबृक्ष यादव (मास्टरसाब)को शालिक हटाइएको भन्दै पूर्व शिक्षामन्त्री समेत रहेका पोखरेलको आलोचना गरेका थिए ।पूर्वमन्त्री सत्यनायारण भगतले सहिद यादवको शालिह हटाएको प्रति पोखरेलको चर्को आलोचना गरेका थिए ।

श्रेष्ठ समुहबाट माओवादीमा प्रवेश गरेका पाखरेलले जनयुद्धलाई आत्मसाथ गर्न नसकेको भन्दै चर्को आलोचना भएको थियो । जनयुद्धको लिगेसीलाई आत्मसाथ नगरेको भन्दै पोखरेलको चर्को आलोचना भएको हो ।

श्रेष्ठ समुहले बहिस्कार गरेपनि नेताहरुले रिर्पोटिङ गर्ने काम भने रोकिएको छैन । बन्दशत्रमा गोपाल शर्माले प्रचण्ड विचारधारा ब्युँताउनुपर्ने तथा बन्दशत्र हलबाटै नेतृत्व चयन हुनुपर्ने माग अघि सारेका छन् । यता उपत्यका विशेष प्रदेशका अध्यक्ष जगत सिंखडाले पनि आफ्नो धारणा राख्दै प्रचण्डपथ नै ब्युताउनुपर्ने धारणा राखेको स्रोतले बतायो ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved