उखु किसानकाे पिडा : न सरकारले सुन्छ , न ब्यवसायिले बुज्छन !

  • प्रकाशित मितिः पुष १८, २०७८
  • 1139 पटक पढिएको
  • समय अनलाइन

काठमाडाैं । विभिन्न बैंकको गरी करिब १८ लाख रुपैयाँ ऋणको भारी बोकेर अघिल्लो पुसमा सर्लाहीको धनकौल गाउँपालिका–७ छोटौलका ६५ वर्षीय उखु किसान नारायण राय यादवले प्राण त्यागे। मरणोपरान्त यादवको खातामा उखुको बक्यौता रकम पुग्यो।  

यादवले अन्नपूर्ण सुगर मिल धनकौलबाट २४ लाख ६३ हजार रुपैयाँ लिनुपर्ने थियो। उखु बेचेको भुक्तानी माग गर्दै उनी गत वर्षको मंसिर ३० गते काठमाडौं पुगेका थिए। आन्दोलन मंसिर २८ गतेबाट सुरु भएको थियो। 

सधैं आन्दोलनमा सक्रिय सहभागिता जनाउने उनी कृष्णभक्त थिए। बैंकको ऋणले अत्तालिएका उनी मिलबाट उखुको रुपैयाँ नपाउँदा चिन्तित थिए। बैंक ऋणको ब्याज बढ्दै गइरहेको थियो। उखुको बक्यौता रकम मिलबाट भुक्तानी पाउने आशामा काठमाडौं पुगेका यादवसँग सरकारले पहिलाजस्तै कागजमा उधारो सम्झौता गर्‍यो। उनले रुपैयाँ पाएनन्। त्यही उधारो सम्झौता यादवको मृत्युको एउटा कारण बन्न पुग्यो।  

यादवका जेठा छोरा सियारामले भने, ‘बुवाको मृत्युको कारक मिल मालिक र सरकार हुन्।’ १९ जनाको परिवारमा नारायण ‘खम्बा’ थिए। परिवारको खम्बा नै ढलिसकेपछि घरव्यवहार पनि अस्तव्यस्त बनेको छ। जसोतसो परिवारको गुजारा भने चलिरहेको छ।  

तर, अन्याय गर्नेहरू मोजमस्ती गरिरहेका छन्। रकम भुक्तानीका लागि सरकार पुकार्नुपर्ने उखु किसानको नियति बनेको छ।

 ‘किसानले ऋण लिए उखु उत्पादन गरी धनाढ्यका मिल चलाइदिनुपर्ने कस्तो देश हो यो? मिल मालिकले किसानसँग उधारोमा उखु लिन्छन् अनि नगदमा चिनी बेच्छन्। हाम्रो पैसा दिन भने वर्षौं लगाउँछन्। ऋणको भारीले थिचिँदै गएपछि हामीसँग मर्नुबाहेक विकल्प रहन्छ र?’ उनले बुवाको मृत्युको मुख्य कारक मिल मालिक र सरकार रहेको दोहो¥याए।  

उखुको रकम भुक्तानीका लागि पुसको ठिहीसमेत पर्वाह नगरी काठमाडौं गएर पनि रित्तो हात फर्किनुपर्दाको पीडा खप्न नसकेर प्राण त्यागेका नारायण उदाहरण मात्र हुन्। उनी जस्ता कैयन् उखु किसान बाँचेर पनि मरेतुल्य छन्। 

उखु किसानले न व्यापारीसँग पेस्की खोजेका हुन् न सरकारसँग अतिरिक्त अनुदान मागेका हुन्। उखुको बेचेको रकम समयमै भुक्तानी होस् भन्ने उनीहरूको माग हो। उखुको समर्थन मूल्य समयमै निर्धारण गरियोस् भन्दै सरकार पुकार्न उखु किसान बर्सेनि काठमाडौं पुग्छन्।  

आफ्नै बाली बेचेको रकम भुक्तानीको माग राखेर उखु किसानहरू पटकपटक संघीय राजधानी धाउन बाध्य हुँदै आएको सर्लाहीका बुद्धिजीवी रजनीकान्त झा बताउँछन्। स्थानीय स्तरमै व्यापारीलाई अनुरोध गर्दा, प्रमुख जिल्ला अधिकारी र दलका नेताहरूलाई गुहार्दा सुनुवाइ नभएपछि काठमाडौं पुगेर देशका कार्यकारी प्रमुख पुकार्दा पनि समस्या बीसको उन्नाइस नभएपछि उखु किसान पिरोलिएका छन्।  

सुन्दा पनि अनौठो लाग्ने, कृषिप्रधान देशमा नगदे बालीमध्येको एक उखु उत्पादन गरी बेचेकै पैसा उठाउन पनि किसान निरन्तर आन्दोलित हुनुपरेको छ। किसान आन्दोलित भए पनि समस्या जस्ताको तस्तै छ। 

पेसाको स्तरोन्नति, बजार प्रवर्धन, सहज अनुदान र रकम भुक्तानीको स्वचालित चक्र स्थापना हुनु त परको कुरा हो, किसानले ऋण गरेर लगाएको उखु बेचेको रकम पनि बेलामा पाउन सकेका छैनन्। 

स्वदेशका उखु किसानलाई रकम भुक्तानीका लागि झुलाउने चिनी मिल सञ्चालकहरू भारतीय किसानबाट अवैध रूपमा उखु किनेर हाकाहाकी भित्र्याइरहेका छन्। प्रशासनका कर्मचारीसमेतको मिलेमतोमा भारतबाट दैनिक हजारौं क्विन्टल उखु नेपालतर्फ तस्करी भइरहेको पाइएको छ।यो खबर आजको नागरिक दैनिकमा मदन ठाकुर र मिथिलेश यादवले लेखेका छन्। 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved