जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप, प्रहरीले गोली चलाउँदा चार जना घाइते

  • प्रकाशित मितिः पुष १८, २०७८
  • 505 पटक पढिएको
  • समय अनलाइन

धनुषा । पूर्व-पश्चिम राजमार्गअन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिका-८ स्थित गोदार चोकमा प्रहरी र सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताबीच झडप भएको छ ।

किसानलाई समयमै मल खाद्य उपलब्ध गराउनुपर्नेसहितका माग राख्दै जनमत पार्टीले राजमार्ग बन्द गरेपछि राजमार्ग खुलाउने क्रममा झडप भएको हो । बन्द खुलाउने क्रममा प्रहरीले गोली चलाउँदा  चार जना घाइते भएका छन् ।

घाइतेहरूलाई रबरको गोली लागेको हो । घाइतेहरूलाई प्रादेशिक अस्पताल जनकपुर लगिएको छ । झडपमा प्रहरी सात जना प्रहरी र एक सशस्त्र प्रहरीसहित आठ जना सुरक्षाकर्मी घाइते भएका छन् ।

अहिले गदार चोक तनावग्रस्त छ ।  राउतका कार्यकर्ताहरूले राजमार्गमा मुढा तेर्स्याएर सडक अवरुद्ध गर्न खोजेपछि प्रहरीले सडक खुलाउने क्रममा झडप भएको हो ।

झडपपछि पूर्वपश्चिम राजमार्गस्थित बर्दिवासमा सुरक्षा व्यवस्था बढाइएको छ । रातु पुल नजिक कार्यकर्ता जम्मा भएर राजमार्ग अवरोध हुने भएपछि प्रहरीले सुरक्षा व्यवस्था बढाएको हो । 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved