पहिलो पटक समूह बनाएर सगरमाथा चढ्न आउँदैछन् अश्वेत अमेरिकी

  • प्रकाशित मितिः पुस १९, २०७८
  • 775 पटक पढिएको
  • समय अनलाइन

काठमाडाैं । सगरमाथा आरोहणका लागि पहिलो पटक एउटा अश्वेत अमेरिकीको समूह नै नेपाल आउन लागेको छ। द वासिङ्टन पोष्टका अनुसार आउने मेमा ९ जनाको उक्त समूह सगरमाथा चढ्न आउन लागेको हो। उनीहरूले आफ्नो टिमको नाम फुल सर्कल एभरेष्ट एक्स्पिडिसन राखेका छन्।

सन् १९५३ मा एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले संसारको सबैभन्दा उच्च शिखरको पहिलो पटक आरोहण गरेका थिए। त्यसयता १० हजार बढी मानिसले सगरमाथाको चुचुरो चुमेका छन् तर तीमध्ये एकदमै थोरैमात्र अश्वेतहरू छन्। अमेरिकाबाट त एक जनामात्रै काला जातिका मानिसले सगरमाथा चढेका छन्।

सगरमाथा आरोहणमा नयाँ रेकर्ड कायम राख्न अश्वेतहरूकोमात्रै समूह बनाएर चढ्न लागिएको टिमको निर्माण गर्ने फिलिप हेन्डरसनले बताएका छन्।उनका अनुसार पहिलो पटक सबै अश्वेतहरूको समूह बनाएर सगरमाथा चढ्न लागिएको भए पनि त्यसमा पनि विविधता खोजिएको छ।

सगरमाथा आरोहण टिममा रोसमरी साल (२८) , एडी टेलर (३१), अबी डायन (४५), जेम्स काबाम्गी (६०), मानोह ऐनु (२५), फ्रेड क्याम्पबेल (३७),  डेमोन्ड मुलिन्स (४०) र थोमस मुर (३७)   छन्। उनीहरूको उमेरजस्तै पेसा व्यवसाय र पृष्ठभूमि पनि फरक-फरक छ।हेन्डरसनले यसअघि पनि सन् २०१२ मा यस्तै प्रयास गरेका थिए तर त्यतिबेला उनको प्रयास सफल हुन सकेन।

यसपालिको योजना सफल पार्न उनीहरूले हिमाल आरोहणको तालिम र चन्दा उठाउने काम गर्नेछन्। उनीहरूलाई  नर्थ फेस, हेस्ट्रालगायत कम्पनीहरूले पनि साथ दिएका छन्।सुरूमा एक्लाएक्लै आरोहणको तालिम गर्ने उनीहरूले पछि संयुक्त रूपमा तालिम गर्ने तयारी रहेको हेन्डरसनले बताएका छन्।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved