प्रधानमन्त्री देउवा आज धरान आउँदै : सुरक्षा व्यवस्था कडा बनाइयाे

  • प्रकाशित मितिः पुष २०, २०७८
  • 433 पटक पढिएको
  • समय अनलाइन

इटहरी । प्रधानमन्त्री एवम् नेपाली काङ्ग्रेस सभापति शेरबहादुर देउवा आज (मङ्गलबार) सुनसरी आउँदै छन् । बिहान १० बजे उनी धरान आइपुग्ने कार्यक्रम रहेको नेपाली काङ्ग्रेसले जनाएको छ । 

धरान उपमहानगरपालिकामा आयोजना गरिने विभिन्न कार्यक्रममा सहभागी हुन देउवा आउन लागेका हुन् ।दोस्रोपटक सभापति भएपछिको यो उनको पहिलो औपचारिक कार्यक्रम हो ।

सभापति देउवा करिब आधा दर्जन कार्यक्रममा सहभागी हुनेछन् । देउवाले धरान उपमहानगरपालिका–२ मा निर्माण गरिएको नेपाली काङ्ग्रेस सुनसरी क्षेत्र नम्बर १ को पार्टी कार्यालयको उद्घाटन गर्नेछन् ।

त्यसपछि धरान–६, पानबारीमा रहेको फोहोर प्रशोधन केन्द्र उद्घाटन गर्ने कार्यक्रम छ । धरान–८ स्थित तीनकुने सुन्दरबस्तीमा बन्दै गरेको बसपार्कको अवलोकन पनि गर्नेछन् । 

प्रधानमन्त्री देउवाले धरान–१२ को प्राविधिक शिक्षालय उद्घाटन गर्नेछन् । दिउँसो १ बजे धरान स्थापना दिवसको औपचारिक कार्यक्रम उद्घाटन गर्नेछन् । यो कार्यक्रम धरान–१२ को पब्लिक हाइस्कुलको प्राङ्गणमा तय गरिएको छ ।  

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved