​झापामा मिस प्रदेश १ सुन्दरी प्रतियोगीता, विजेता र रनरअप सिधै मिस नेपालमा

  • प्रकाशित मितिः असार १३, २०७५
  • 1393 पटक पढिएको
  • Mausam

झापामा रहेको ड्रिम्स वल्र्ड इन्टरटेन्टमेन्टले मिस प्रदेश १ आयोजना गर्ने भएको छ । 


यसअघि मिस मेची प्रतियोगिता गर्दै आएको उक्त संस्थाले यो पटकदेखि प्रदेशस्तरीय प्रतियोगिता गर्ने भएको हो । 

झापा, मोरङ, सुनसरीलगायत प्रदेश १ का सहभागिलाई समेटेर कार्यक्रम गर्न लागेको हो । प्रतियोगिताका विजेता र रनरअप सिधै मिस नेपालमा सहभागि हुन पाउने भएकोले प्रतियोगिताको स्तर मिस नेपालको झै हुने आयोजक समुहका प्रनित पुडासैनीले जानकारी दिए । 

२४ वर्ष उमेर समुहले भाग लिन पाउने आयोजकले जनाएको छ । असार १७ गतेबाट छनोट सुरु हुने निर्देशक सरोज खरेलले जानकारी दिए । प्रतियोगितामा प्रथम हुनेले ५० हजार, दोश्रोले २० हजार र तेस्रोले १५ हजार नगद पुरस्कार पाउने छन् । विजयी प्रतियोगिलाई छात्रवृत्तीकोसमेत व्यवस्था रहेको आयोजकले जनाएको छ ।

मिस एसइइ प्रदेश १, २०१८ की विजयी स्नेहा संग्रौलाले प्रतियोगीहरूको क्षमता विकासमा यस्ता कार्यक्रम महत्वपुर्ण हुने बताइन् । 
विभिन्न ब्युटी पेजेन्ट प्रतियोगिताका विजेताहरुले पुरस्कार नपाएको गुनासो गरिरहँदा आफूहरुले भने विजेता घोषित भएको भोलिपल्टै पुरस्कार दिने गरेको पुडासैनीले बताए ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved