सुनसरीकाे रामधुनीमा गाई मरेपछि ‘आमा’सरह काज–किरिया

  • प्रकाशित मितिः पुस २५, २०७८
  • 947 पटक पढिएको
  • समय अनलाइन

इटहरी । दुई दशकदेखि घरमा पालेर दूध खाँदै गरेको गाई मरेपछि सुनसरीको रामधुनी नगरपालिका–४ इक्राहीका दुर्गा विश्वकर्मा ‘राधेराधे’ले आमासरह मान्दै काज–किरिया गर्न थालेका छन् ।

धार्मिक तथा आध्यात्मिक गतिविधिमा समेत सक्रिय विकले हिन्दु सनातन परम्पराअनुसार कोरामा बसेर काज–किरिया गर्न थालेका हुन् । उनी गाईलाई माई अर्थात् आमासरहको मर्यादा राखेर कपाल मुण्डन गरी कोरामा बसेका छन् । 

२१ वर्षअघि बाछी किनेर हुर्काउँदै दूध खाएको भारा तिर्न विक किरियापुत्री बनेर जुठो बार्दै शोकमा बसेका हुन् । १० दिनसम्म किरियापुत्री बसेर ढिकुरो फुटाउने, दान–दक्षिणा दिने र मलामी–भोज खुवाउने किरियापुत्री विकको योजना छ । 

आज (शनिबार) अपराह्न्न गाईको मृत्यु भएपछि छिमेकी–आफन्तहरू भेला भई गाईको मृत शरीरलाई रामनामी कात्रोले बेरेर जङ्गल क्षेत्रमा लगेर चिहानमा पुरेका थिए । गाईको सदगत् गरेपछि विक मलामीसहित किरियापुत्रीसरह घर फर्केको स्थानीय प्रमिला गहतराजले बताइन् ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved