सीसीएमसीको निर्णय : रेस्टुरेन्टमा पस्न पनि अब खोपकार्ड, एकै ठाउँ २५ बढी भेला हुन नपाइने

  • प्रकाशित मितिः पुस २५, २०७८
  • 789 पटक पढिएको
  • समय अनलाइन

काठमाण्डाै । कोभिड-१९ व्यवस्थापन समन्वय केन्द्र (सिसीएमसी)ले सार्वजनिक स्थानमा २५ जना बढी मानिस भेला हुन नपाउने निर्णय गरेको छ। 

पछिल्लो समयमा नेपालमा कोरोना संक्रमण दर दैनिक एक हजारभन्दा माथि पुग्न थालेपछि समन्वय केन्द्रले यस्तो निर्णय लिएको हो। 

समितिले होटल, रेस्टुरेन्ट, सिनेमा हल, रंगशाला र विमानस्थल र पार्कसहितका सार्वजनिक स्थानमा प्रवेश गर्न कोभिडविरद्धको खोप लगाएको कार्ड देखाउनु पर्ने निर्णय गरेको छ।

सार्वजनिक स्थानमा कडाइ गर्दै सीसीएमसीले दलहरूलाई सभा, सम्मेलन रोक्न पनि सरकारलाई सिफारिस गरेको छ। 

समन्वय केन्द्रकी प्रवक्ता एवम् सहसचिव सुनिता नेपालले कोभिडको बढ्दो दरबाट नागरिकलाई जोगाउन यस्तो निर्णय लिएको बताएकी छन्। उनले केन्द्रका यी निर्णयलाई मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि कार्यान्वयनमा जाने बताइन्। 

केन्द्रले माघ १५ सम्म विद्यालय बन्द गरिने पनि जनाएको छ। केन्द्रले विद्यालय बन्द गर्न जिल्ला प्रशासन कार्यलय, स्थानीय तह र प्रदेश सरलालाई परिपत्र गर्ने भएको छ। संक्रमण धेरै फैलिएको स्थानमा कोभिड नियन्त्रणमा गर्न कडाइ गर्न पनि सरकारलाई भनेको छ।

नेपालले स्मार्ट लकडाउनको कार्यविधि लागू गर्न जिल्ला प्रशासन कार्यालयहरुलाई पत्राचार गरिने पनि बताइन्। उनले आगामी माघ ३ गतेदेखि सार्वजनिक स्थानमा प्रवेश नपाउने गरी नियम लागु गरिने बताइन्। 

सीसीएमसी समन्वय केन्द्रले सार्वजनिक स्थानमा एन्टिजेन परीक्षण गर्न पनि स्वास्थ्य मन्त्रालयलाई भनेको छ। केन्द्रले होल्डिङ सेन्टर फेरि सञ्चालन गर्न भनेको छ। ​

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved