कोरीयामा धन कमाउन जाने हुदा धेरै नेपालि दाजु भाइ दिदि बहनीहरुको ज्यान कीन गयो यस्तो छ कारण

  • प्रकाशित मितिः असार १४, २०७५
  • 1191 पटक पढिएको
  • Mausam

 
पछिल्लो एक दशकमा कोरियामा ८८ जना नेपालीको मृत्यु भएको भने १९ जनाले आत्महत्या गरेका छन् । 


रोजगार अनुमति प्रणाली (ईपीएस) शाखाका अनुसार प्रत्येक वर्ष सरदर नौ जनाले ज्यान गुमाउने गरेको देखिएको छ । 

यो वर्षको ६ महिनामा मात्रै ६ जनाले ज्यान गुमाएका छन् । जसमा एक जना कामदारले आत्महत्या गरेका छन् भने एक जनाको स्वाभाविक मृत्यु भएको थियो । यस्तै दुई जनाको सुतेको अवस्थामा र दुई जनाको कार्यस्थल दुर्घटनामा परी ज्यान गएको हो ।

१० वर्षमा नेपालबाट ६० हजारभन्दा बढी युवा रोजगारीको सिलसिलामा कोरिया पुगिसकेका छन् । १० वर्षमा सुतेकै अवस्थामा मृत्यु हुनेको संख्या १५, कार्यस्थल दुर्घटनामा परी १२ जनाको मृत्यु भएको छ । 

किन आत्महत्या ?
कोरियामा कामको बोझले नेपालीहरु आत्महत्या गर्ने गरेको बताइन्छ । काम बढी तर सोचेजति आम्दानी नहुँदा निराशा उत्पन्न हुने गरेको छ । 

भाषा, संस्कृति तथा खानपान आफू सुहाउँदो नहुँदा, सहकर्मी र रोजगारदाताबाट दुव्र्यवहार हुँदा पनि कामदारले आत्महत्या गरेको हुन सक्ने बताइन्छ । 

यसबाहेक महारोग लागेको शंका, घरपरिवारले रकमको दुरूपयोग गरेको अवस्था, काम गर्न नसक्दा, नेपाल फर्कन नपाउँदा र कमजोर शारीरिक विचलनका कारण पनि आत्महत्या बढेको शाखाको भनाइ छ ।

अत्यधिक मदिरा सेवन गर्दा, नियमित स्वास्थ्य परीक्षण नगर्दा, व्यायामको अभाव हुँदा, अत्यधिक चिसोबाट एक्कासि तातो तथा तातोबाट चिसोमा बस्दा सुतेकैै अवस्थामा मृत्यु हुने गरेको अध्ययनले देखाएको छ ।

नेपालमा भाषा परीक्षा पास गरेकै भरमा जान पाउने तर त्यहाँ गएर शारीरिक परिश्रमको काम गर्नुपर्ने हुँदा पनि कामदारको कार्यस्थलमै मृत्यु हुने गरेको छ । 

यसैबीच नेपालले ईपीएस परीक्षा प्रणालीमा सुधार गर्ने तयारी गरेको छ । शाखाले सन् २०२० देखि रोजगारीका लागि कोरिया जाने कामदारले सिप परीक्षा पनि पास गर्नु पर्ने गरी नयाँ व्यवस्था लागू गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved