काजकिस्तानमा प्रदर्शनको क्रममा १६४ जनाको मृत्यु

  • प्रकाशित मितिः पुष २६, २०७८
  • 620 पटक पढिएको
  • समय अनलाइन

काठमाडौं । काजकिस्तानमा सरकारविरोधी प्रदर्शनको क्रममा मृत्यु हुनेको संख्या १६४ पुगेको छ । अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीका अुनसार पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरुद्धमा सुरु भएको आन्दोलन चर्किदै गएपछि भएको झडपमा परी उनीहरूको मृत्यु भएको हो ।

स्वास्थ्य मन्त्रीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमहरूले जनाएअनुसार मृत्यु भएकाहरूको संख्या अझ बढी पनि हुन सक्छ । झण्डै एक करोड ९० लाख जनसङ्ख्या भएको मध्य एसियाली राष्ट्र काजकिस्तानमा भइरहेको प्रदर्शनको कारण उत्पन्न अशान्तिपछि झण्डै छ हजार मानिस विस्थापित भएका छन् ।

आन्दोलनमा मृत्यु भएका कूल १६४ जनामध्ये १०३ जनाको अल्माटी सहरमा मृत्यु भएको हो । मृतक संख्याका आधारमा पनि अल्माटी मै आन्दोलन सबैभन्दा बढी चर्किएको र आन्दोलनको केन्द्रविन्दु बनेको सहरका रूपमा देखिएको छ । राष्ट्रपति कार्यालयले आइतबार जारी गरेको वक्तव्यका अनुसार विस्थापित भएकामध्ये केही विदेशी नागरिक पनि छन् । ‘सामान्यतया देशभरको अवस्था अहिले स्थिर रहेको छ तर केही ठाउँमा सुरक्षाकर्मी बढी सक्रिय र आक्रामक हुनु परेको छ, उनीहरूले सुरक्षा कारबाही पनि चलाएका छन्’, वक्तव्यमा लेखिएको छ ।

राष्ट्रपति कासिम जोमार्ट तोकायेभले सङ्कट व्यवस्थापनका बारेमा सरोकारवालासँग छलफल गरेपछि राष्ट्रपति कार्यालयले वक्तव्य जारी गरेको हो । मूल्य वृद्धिविरोधी आन्दोलनका कारण राष्ट्रपतिले सरकार नै विघटन गरेर सङ्कटकालसमेत घोषणा गरेका थिए । आन्दोलनकारीले पेट्रोलियम पदार्थको मूल्य वृद्धि अवैज्ञानिक र अस्वस्थ रहेको दाबी पनि गरेका छन् । आन्दोलनका क्रममा अरू सयौं गिरफ्तार भएको र केही घाइते पनि भएको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved