मोदीको अभिव्यक्तिप्रति विप्लव समूहको आपत्ति, नेपाल सरकार मौन बस्नु शर्मनाक

  • प्रकाशित मितिः पुष २६, २०७८
  • 415 पटक पढिएको
  • समय अनलाइन

काठमाडौं। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका भूभाबाट आफ्ना सैनिक फिर्ता लैजानुको सट्टा चीनको मानसरोवर जोड्न बलजफ्ती बनाइएको बाटो चौँडा र विस्तार गर्ने गरेको घोषणाप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

नेकपाको अन्तर्राष्ट्रिय विभागले सोमबार विज्ञप्ति निकालेर भारतीय प्रधानमन्त्री मोदीले नेपाली भूभागबाट चीनको मानसरोवर जोड्ने बनाइएको बाटो चौँडा र विस्तार गर्ने घोषणाप्रति नेपाल सरकार मौन बस्नु देश र जनताका लागि शर्मनाकको विषय बनेको बताएको छ ।

नेपाली भूभाग लिम्पियाधुरा, कालापानी र लिपुलेकबाट आफ्नो सैनिक फिर्ता लैजानुको सट्टा मानसरोवर जोड्न बनाइएको बाटो चौडा र विस्तार गर्ने मोदीको घोषणाप्रति ध्यानाकर्षण भएको जनाएको विप्लव समूहले सो घोषणाप्रति मौन बस्ने नेपाल सरकारको रवैया देश र देश र जनताका लागि सर्मनाक विषय भएको बताएको हो ।

विभागका इन्चार्ज कञ्चनले सोमबार जारी गरेको विज्ञप्तिः

भारत सरकारका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका भूभाग लिम्पियाधुरा, कालापानी, लिपुलेकबाट आफ्ना सैनिक फिर्ता लैजानुको सट्टा चीनको मानसरोवर जोड्न बलजफ्ती बनाइएको बाटो चौडा र विस्तार गर्ने घोषणाले हाम्रो पार्टीको ध्यानाकर्षण गरेको छ । नेपाली कांग्रे्रेसको नेतृत्वमा बनेको नेपाल सरकार भारतीय रवैयाप्रति चुप लागेर बस्नु, नेपालका लागि भारतको दलाली गर्नु, उसको साम्राज्यववादी नीतिप्रति दब्बुपना देखाउनु देश र जनताका लागि शर्मनाक विषय हो ।

हाम्रो पार्टी भारत सरकारलाई यो साम्राज्यवादी हर्कत तुरुन्त बन्द गर्न जोडदार अपिल गर्दछ र नेपाल सरकारलाई तुरुन्त कूटनीतिक पहलबाट त्यस क्षेत्रको सार्वभौमिकताको सुरक्षा सुनिश्चित गर्न जोडदार माग गर्दछ । साथै लिम्पियाधुरा, कालापानी, लिपुलेक क्षेत्रका जनताको जनगणना गर्नबाट भारतले रोकावट गर्नु नेपालको सार्वभौमिकतामाथिको हस्तक्षेप हो । कूटनीतिक पहलबाट यी मुद्दाहरु सल्ट्याउन पनि हाम्रो पार्टी नेपाल सरकारसँग जोडदार माग गर्दछ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved