भेष नारायणको अनेकाै भेष : नारायणहिटीमा बतास भित्र्याए, कोमल पोखरीमा छायाँ सेन्टर ठड्याए !

  • प्रकाशित मितिः पुष २७, २०७८
  • 450 पटक पढिएको
  • समय अनलाइन

काठमाडौं /  नेपालको राजपरिवार बस्ने ऐतिहासिक स्थल राजदरबार अर्थात नारायणहिटी संग्रालय यतिबेला चर्चामा छ । योजनाबद्ध तरिकाले संग्राहालय भित्र बतास समुहलाई भित्र्याएर रजगज गर्न दिने विवादास्पद निर्णय विरुद्ध मिडिया, वर्तमान सरकार र सरोकारवालाहरु खरो रुपमा उत्रिएका छन् ।

मासिक २ लाख रुपैयाँ प्रतिरोपनी भाडामा पुरातात्विक महत्वको नारायणहिटी क्षेत्रको जग्गा उपलब्ध गराउने निर्णय गर्ने तत्कालिन केपी ओली नेतृत्वको सरकारको यतिबेला आलोचना भइरहेको छ । तर, उक्त जग्गा प्रकरणको डिजाइनर एकजना विवादास्पद कर्मचारीबारे भने सामाजिक सञ्जाल बेखबर जस्तै छ ।

त्यस्ता पात्र हुन्–नारायणहिटी राजदरबार संग्राहलयका कार्यकारी भेषनारायण दाहाल । दाहाल जहाँ पुगेका छन् त्यहाँ पुरातात्विक महत्वको सम्पदा भष्म बनाएको उदाहरण प्रसस्त छ ।

तत्कालिन पर्यटन मन्त्री योगेश भट्टराई र तत्कालिन पर्यटन सचिव यादव कोइरालालाई प्रलोभनमा पारेर दरबारभित्र रेष्टुरेन्ट खोल्ने प्रमुख खलपात्र हुन दाहाल । उनी यसअघि पुरातत्व विभागमा समेत महानिर्देशक रहेर काम गरेका थिए ।

राजदरबार भित्र बतास समुहलाई भित्र्याएर रजगज गराएको विषयमा पहिलो पटक सरकारी सञ्चार माध्यम गोरखापत्रले यो खबर बाहिर ल्याएको थियो । सुरक्षा बिटमा कलम चलाउँदै आएका पत्रकार देव बहादुर कुँवरले यो सुचना पाएपछि दाहालको प्रतिक्रिया लिनका लागि निकै कोशिस गरेका थिए । तर, दाहाल पत्रकार कुँवरबाट भागिरहे ।

हाल उनीमाथि छानबीन गर्न पर्यटन मन्त्रालयले छानबीन समिति बनाएको छ । समितिले प्रतिवेदन समेत सार्वजनिक गरिसकेको छ ।

यसअघि पुरातत्व विभागमा रहँदा दाहालले भूमाफियाहरुसँग रहस्यमीय साँठगाँठ गरेर पुरात्व जोगाउन होइन ध्वस्त बनाउन भूमिका खेलेको यथेष्ट प्रमाणहरु छन् । पुरातात्विक महत्वका संरचनाहरु जोगाउनुको सट्टा उनकै पालामा सबैभन्दा धेरै पुरातत्विक महत्वका क्षेत्रहरु अतिक्रमण भएका छन् ।

बहुचर्चित पुरातात्विक महत्व बोकेको ठमेलस्थित कमलपोखरीको संरक्षण गर्नुको सट्टा उनै दाहालले भुमाफियालाई बुझाएका थिए । जहाँ अहिले छायाँ सेन्टरको नाममा व्यापारिक महल बनेको छ । उजुरकर्ताहरुले छायाँ सेन्टर बन्दै गरेको भन्दै विभागमा उजुरी समेत गरेका थिए । तर, दाहालले पुरातात्विक पोखरी जोगाउने भूमिका त खेलेनन् नै उल्टटो अदालतमा समेत गञ्जागोल जवाफ दिए ।

आश्चर्य त के भने तत्कालिन एमाले नेता योगेश भट्टराईले नै छायाँ सेन्टरको उद्घाटन गरेका थिए । जबकी बाहिर कालो ब्यानर बोकेर सम्पदा अधिकारकमीहरुले गरेको आन्दोलनलाई नजरअन्दाज गर्दै भट्टराई सुटुक्क रिवन काट्न पुगेका थिए ।

उनी सम्पदा मास्ने भूमाफियाले रुचाएको व्यक्तिको रुपमा हेरिन्छ । छायाँ सेन्टरको पोखरी भूमाफियालाई बुझाएरै दाहालले अकुत सम्पत्ति आर्जन गरेको उनी निकटहरु बताउँछन् ।

कमलपोखरी सभ्यतामाथि भेषनारायाणको छद्म भेष

’ भन्नाले सबैभन्दा जेष्ठ अर्थात माथिल्लो । ‘बहिल’ भन्नाले विहार । हाल छायाँ सेन्टर रहेको स्थानमा कुनै समय ‘थँबहिल सभ्यतासँग जोडिएको पाखरी थियो । थँबहिल शब्द अपभ्रंश हुँदै अहिले ठमेल बनेको हो ।यस विहारको निर्माणसँगै विहारको पूजा, चाडपर्व तथा संस्कारका लागि निर्माण गरिएको कमलपोखरी, विहारको ठीक पूर्र्विवतर रहेको छ, जुन तान्त्रिक विधिले बनाएको पोखरी हो ।

यस पोखरीको चारैतिर र बीचमा तान्त्रिक विधिले बनाएका इनारहरु थियो । उक्त पोखरीमा कमलको फूल फुलाइन्थ्यो । त्यसैले यस पोखरीलाई कमलपोखरी भनियो । काठमाडौं डिल्लीबजारमा नापी शाखामा रहेको फिल्ड बुकमा वि.सं.२०३३ कार्तिक १६ गते कित्ता नं.१६७ को पोखरी नै उल्लेख गरिएको छ । तर यो कित्ताको पोखरीमा यतिबेला पोखरी छैन १५ तले भव्य महल छ । २६ रोपनी जग्गामा फैलिएको यो पोखरीमा पाण्डेसहित ४३ जना भूमाफियाले कब्जा गरेर महल बनाएका थिए ।

जसलाई व्यापारी पृथ्वी बहादुर पाण्डेले आफ्नी आमाको नाम छायाँ देवि पाण्डेको नाममा ‘छायाँदेवि कम्प्लेक्स’ प्रा.ली बनाएर खडा गरे । तर, यो सभ्यताको संरक्षण गर्ने दायीत्व बोकेको पुरातत्व विभागका तत्कालिन महानिर्देशक दाहालले भूमाफियाकै योजना मुताविक सर्वोच्च अदालतमा जवाफ दिएका थिए ।

सम्पदा अधिकारकर्मी भागवत प्रधानले उनी विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । दाहालले २०७१ कार्तिक २३ गते सर्वोच्च अदालतमा जवाफ प्रस्तुत गरेका थिए ।जहाँ उनले ‘व्यक्तिको दर्ता भई आफ्नो स्वविवकीय अधिकार प्रयोग गरि बेचबिखन गरेको जग्गालाई सार्वजनिक हो भनी औँल्याउन सकिने अवस्था नभएको’ र विभागको क्षेत्राधिकार भित्र समेत नपर्ने भन्दै उल्टोपाल्टो जवाफ पठाएका थिए ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved