ईच्छाराजकै शैलीमा बराह सहकारीमा करोडौँ घोटाला : बचतकर्ताले १५ हजार माग्दा समेत पाएनन् !

  • प्रकाशित मितिः पुष २७, २०७८
  • 741 पटक पढिएको
  • समय अनलाइन

इटहरी । बचतकर्ताको ८ अर्ब भन्दा बढी रकम ठगी गरेपछि पूर्व सांसद तथा सिभिल समुहका अध्यक्ष ईच्छाराज तामाङ यतिबेला जेलको चिसो हावा खाइरहेका छन् ।

सिभिल बचत तथा सहकारी संस्थामा रहेको बचतको अर्बौ रकम सहकारीका अध्यक्ष समेत रहेका तामाङको नेतृत्वमा घोटाला भएपछि उनलाई प्रहरी अनुसन्धान केन्द्रीय ब्युरो सिआइबीले पक्राउ गरि मुद्दा चलाएको बचतकर्ताको रकम हिनामिना गरि तामाङले घर जग्गामा लगानी गरेका थिए । घरजग्गाको लगानी मार्फत कमाएको अर्बौं रुपैयाँ विदेशमा समेत लुकाएको अनुसन्धानमा खुलेको थियो ।

उनका मामा ससुरा केशवलाल श्रेष्ठ र सिभिल समुहका अध्यक्ष तामाङ पुर्पक्षका लागि थुनामा छन् । सिभिल समुहकै शैली पछ्याएर सहकारीमा करोडौँ रकम हिनामिना गर्ने एक सहकारी सञ्चालकहरुले भने उन्मुक्ति पाएको खुलाशा भएको छ ।

धरानस्थित बराह समुह अन्तर्गत रहेको बराह बचत तथा ऋण सहकारी संस्थामा करोडौँ रुपैयाँ हिनामिना भएपछि अहिले संचालकहरु बचतकर्ताको रकम फिर्ता गर्न नसक्ने अवस्थामा पुगेका छन् । उनीहरुले रकम फिर्ता गर्न नसकेपछि बचतकर्ताहरु सामुहि आन्दोलनमा जाने तयारीमा पुगेका छन् । बचतकर्ताहरुले आइतबार दिनभर सहकारीको कार्यालय घेराउ समेत गरेका थिए ।

पुस २३ गते मात्रै उक्त सहकारीले १२ औँ साधारण सभा सम्पन्न गरेको थियो । जबकी त्यतिबेला सहकारीले ३ करोड रुपैयाँ नाफा मुनाफा कमाएको दाबी गरेको थियो ।

तर, बचतकर्ताहरुले १५ हजार रुपैयाँ समेत माग्दा फिर्ता नपाएपछि ठूलो घोटाला भएको आशंका गरिएको छ । सिभिल समुहकै शैलीमा यो सहकारी समेत बराह समुह अन्तर्गत राखिएको छ । तर, बचतकर्ताले आफ्नो रकम रहेको सहकारीलाई कुनै व्यक्तिको समुहमा लगेर गाभिएको प्रति आपत्ति जनाएका छन् । संचालकहरुले बराह ग्रुप अफ कम्पनि अन्तर्गत सहकारीलाई राखेका छन् । जसको धरानमा बराह इण्डस्ट्रिज प्रालि अन्तर्गत भानुचोकमा र धनकुटे रोडमा करोडौंको सपिङ कम्पलेक्स सञ्चालन गरेको छ । यस्तै काठमाडौंको न्यूरोडमा, पोखराको चिप्लेढुङ्गा र चितवनको नारायणघाटमा शाखाहरू छन् ।

विदेशमा हङकङको जोडर्नमा, दुबईमा र बेलायतको अल्डरसटमा पनि शाखा छन् । स्रोतका अनुसार सहकारी संचालकहरुले बचतकर्ताको रकम घर जग्गामा लगानी गरेका कारण रकम अभाव भएको हो । राष्ट्र बैंकले सहकारीको कारोबारमा समेत रोक लगाएको पाइएको छ ।सहकारी सदस्यहरुले १० हजार देखि ४० करोडसम्म उक्त सहकारीमा जम्मा गरेका छन् ।

संस्थाले शेयर पुँजी १० करोड २९ लाख १६ हजार ५ सय रुपैयाँ, जगेडा कोषमा ३ करोड २८ लाख ८० हजार ९ सय ८७ रुपैयाँ ४३ पैसा, निक्षेप सङ्कलन ७२ करोड १९ लाख ८४ हजार ६ सय ४४ रुपैयाँ ३४ पैसा र ऋण लगानी ७९ करोड ३२ लाख ४४ हजार ८ सय २९ रुपैयाँ ८७ पैसा गरेको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

धरान १६ निवासी प्रदीप अधिकारीले बराह सहकारीमा २५ लाख रुपैयाँ जम्मा गरेका छन् । तर, आफूले जम्मा गरेकै रकमबाट १५ हजार रुपैयाँ निकाल्न जाँदा सहकारीका कर्मचारीले रकम छैन भन्दै फिर्ता पठाएका थिए ।बराह सहकारीमा १० लाख रुपैयाँ जम्मा गर्ने कमला लिम्बु तवेबुङ यतिबेला गम्भिर विरामी छिन् । बोल्नै नसक्ने अवस्थामा रहेकी उनले समेत रकम पाएकी छैनन् । त्यस्तै उनकै देवरले २० लाख, अमाजु दिदी आशा राईले ५ लाख रुपैयाँ जम्मा गरेका छन् । उनीहरुले चार महिनादेखि धाउँदा पनि एक पैसा पाएका छैनन् ।

त्यस्तै धरान–१६ निवासी कृष्णशोभा राई र सरिता राई सासू–बुहारीलाई सहकारीले तीन साताअघि नै कुपन दिएर आइतबार पैसा लिन आउनु भनेर बोलाएको थियो तर, रकम लिन जाँदा सहकारीले दिन सकेन ।सहकारीका कर्मचारीले रकम माग्न आउनेहरुलाई टोकन दिने र केहीदिनमा बोलाउँछौँ भन्दै रित्तै फर्काउने गरेको पाइएको छ । पैसा लिन जाँदा आज पैसा छैन भन्दै रित्तो हात फर्काउने गरेको पीडितहरुले बताएका छन् ।

ईटहरी घर भएकी जुना कार्कीसहितको समुहले २७ लाख रुपैयाँ सहकारीमा जम्मा गरेको छ । तर, घर निर्माणका लागि सहकारीमा पैसा निकाल्न जाँदा रित्तो हात फर्काइएको छ । जबकी उनले चार महिनादेखि सहकारी धाइरहेकी छिन् ।

सहकारी सञ्चालकहरुले गर्दा आफू मानसिक रोगको सिकार हुनुपरेको उनको आरोप छ । सहकारीमा पूर्व ब्रिटिस लाहुरेहरुले समेत लाखौँ रुपैयाँ जम्मा गरेका छन् । जीवनभरी बेलायतमा गोलाबारुदसँग खेलेर कमाएको रकम समेत सहकारी सञ्चालकहरुले खाइदिने पीडामा उनीहरु छन् । धरान उपमहानगरपालिका १९ का पूर्व बेलायती सेना योगराज राईले सहकारीमा १७ लाख रुपैयाँ जम्मा गरेका थिए । तर, उपचारका लागि उनले ५ लाख रुपैयाँ निकाल्न जाँदा पुस १६ गते आउनु भन्दै सहकारीका कर्मचारीले टोकन दिए । तर, आइतबार पुस २५ गते उनी त्यहाँ पुग्दा आफू जस्तै पैसा नपाउनेहरुको भिड पो देखे ।

धरान उपमहानगरपालिका–१५ का वडाध्यक्षसमेत रहेका सहकारी विकास समितिका संयोजक नरेश इङ्वारमले केहीदिन अघि मात्रै आफूले सहकारीले ३ करोड भन्दा बढी नाफा गरेको विषयमा पत्रिकामा खबर पढेको दियोपोस्टलाई बताए । यद्धपी सहकारीका अध्यक्ष मान बहादुर दियालीलेले आफूले छिट्टै रकम फिर्ता गर्ने प्रतिबद्धता गरेको उनले सुनाए । यता सहकारीकै कर्मचारी रविन विकले भने सहकारीले एक अर्बभन्दा बढी लगानी गरेको बताएका छन् । राष्ट्र बैंकले रकम प्रवाहमा रोक लगाएको उनैले बताएका छन् ।

बराह समुहमा सहकारीसहित अभिमत सेभिङ एण्ड क्रेडिट लिमिटेड, दुबईमा अल बराह मिनी मार्केट एलएलसी, बराह बालसंसार, बराह ज्वेलरी इण्डस्ट्रिज प्रालि, बराह फेमिली किचन, चितवनमा नारायणी बराह ज्वेलरी नारायणी, गोर्खा बराह ज्वेलरी पोखरा, इन्द्र बराह ज्वेलरी हङकङ, इन्द्र बराह ट्राभल्स एण्ड टुर्स, कृपा दृष्य डिजिटल प्रालि रहेका छन् । यी सबैको अध्यक्ष भने शिव लामिछाने हुन् ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved