एमाले सुनसरीको जारी मतगणना स्थगित : अध्यक्षमा भण्डारीको अग्रता, चौधरी निरिह

  • प्रकाशित मितिः पुष २९, २०७८
  • 512 पटक पढिएको
  • समय अनलाइन

इटहरी / नेकपा एमाले सुनसरीको पदाधिकारी तर्फको मत गणना आजलाई स्थगित भएको छ । निर्वाचन कमिटीले चिसोका कारण भोलि विहान सम्मका लागि मत गणना स्थगित गरिएको जनाएको छ । मूख्य निर्वाचन अधिकृत गोविन्द मिश्रका अनुसार आजलाई स्थगित मत गणना भोलि विहान १०:३० बाट सुरु गरिने छ । एमाले जिल्ला पार्टी कार्यालयमा भैरहेको मत गणना आजालाई स्थगित गरिनु पूर्व पदाधिकारी तर्फ १ सय ७५ मत गनिएको छ ।

१ सय ७४ मत गणना हुँदा अध्यक्ष तर्फ रेवतीरमण भण्डारीले अग्रता लिएका छन । उनले ८७ मत प्राप्त गर्दा प्रत्यासी खेमराज पोखरेलले ७६ मत ल्याएका छन । द्वारिकलाल चौधरीले भने अहिले सम्म मात्र १० मत पाएका छन । उनी गणनाको सुरुवाती चरण देखिनै भण्डारी र पोखरेल भन्दा निकै पछि परेका थिए । अध्यक्ष तर्फ १ मत बदर भएको छ ।

त्यसैगरी उपाध्यक्ष तर्फ निलम खनालले १ सय २ मत ल्याएका छन भने नन्द बस्नेतले ६५ मत ल्याएका छन । निर्वाचन कमिटीले दिएको जानकारी अनुसार उपसचिवमा राम कोइरालाले ८९, योग्यराज खड्काले ५३, अञ्जनी पोखरेलले ५३, लोकेश निरौलाले ५२,अर्जुन गहतराजले २८ , पदम लिम्बुले ३६ र लहरु जिमीले १६ र मत ल्याएका छन ।

हिजो इनरुवा खेल मैदानमा सम्पन्न मतदानमा कुल मतदाता २ हजार १ सय ५० मध्ये १ हजार ८ सय ५ जनाले मत खसालेका थिए । एमाले सुनसरीको पदाधिकारी तर्फ अध्यक्ष, उपाध्यक्षमा एक–एक जना र उप–सचिवमा २ जना निर्वाचित हुनेछन । सचिव तर्फ पर्शुराम यादव भने यस अघिनै निर्विरोध भैसकेका छन ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved