प्याब्सन प्रदेश १ को निर्वाचन : अध्यक्षमा टिकाराम ढकालको एकल उम्मेदवारी

  • प्रकाशित मितिः पुष २९, २०७८
  • 411 पटक पढिएको
  • समय अनलाइन

विराटनगर । निजी आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) प्रदेश १ को नयाँ नेतृत्व सर्वसम्मत हुने भएको छ ।

नयाँ नेतृत्वको लागि बिहीबार निर्वाचन हुँदैछ । मंगलबार भएको मनोनयनमा प्याब्सन प्रदेश १ को अध्यक्षको लागि टिकाराम ढकालको मात्र उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । उनी प्याब्सन प्रदेशका वरिष्ठ उपाध्यक्ष हुन् । उनी प्याब्सन मोरङको पूर्व अध्यक्ष पनि भइसकेका छन् ।

अध्यक्षमा ढकालको एकल उम्मेदवारी परेकोले उनी निर्विरोध निर्वाचित हुने सुनिश्चित भएको हो । यस्तै वरिष्ठ उपाध्यक्षमा सुमित थापाले उम्मेदवारी दर्ता गराएका छन् । दुई जना उपाध्यक्ष पदमा तीन जनाको उम्मेदवारी परेको छ । उपाध्यक्षमा जीवन पनेरु, ज्ञान कुमार दाहाल र अर्जुन बस्नेतको उम्मेदवारी रहेको छ । यस्तै सचिवमा कोषराज प्याकुरेल, कोषाध्यक्षमा राजेश आचार्य, सहसचिव विष्णुप्रसाद कोइराला र सहकोषाध्यक्षमा युसुभ पाण्डेको उम्मेदवारी परेको छ ।

दुई जना उपाध्यक्षका लागि तीन जनाको उम्मेदवारी दर्ता भएपनि बिहीबार साँझसम्म सहमति गरेर सर्वसम्मत रुपमा नेतृत्व चयन गर्न प्याब्सनका केन्द्रीय नेतादेखि प्रदेशसम्म लागि परेका छन् ।

यस्तै पाँच जना सदस्यको लागि ८ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन कार्यालयले जनाएको छ । सदस्यमा भानुभक्त राजवंशी, संजिव कुमार प्रधान, ज्ञान कुमार लिम्बू, रुक्मीणा गौतम, निश्चल राज शाक्य, डिक बहादुर थापा, भुवन श्रेष्ठ र विश्वास ढकालको उम्मेदवारी परेको छ ।

शुक्रबार विहान ८ बजेसम्म मनोनयन फिर्ताको समय रहेको छ । मोरङको उर्लाबारीमा बिहीबार हुने प्याब्सन प्रदेशको तेस्रो अधिवेशनमा ४ सय ५९ जना प्रतिनिधि सहभागी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved