इटहरी र महिलालाई अश्लिल गाली गदै ज्यान मार्ने धम्की दिने मेनपावर व्यवसायी बिरेन्द्रकुमार गुरमेहताको बिषय अब जिल्ला प्रहरी कार्यालय सुनसरीले अनुसन्धान गर्ने भएको छ । उनलाई बुधबार इटहरी इलाकाबाट जिल्ला प्रहरी कार्यालय लगी सार्वजनिक अपराध ऐन अन्तगर्त मुद्धा दायर गरि अनुसन्धान शुरु गरेको छ ।
इटहरीका डिएसपी शिवकुमार श्रेष्ठले नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का केही नेताहरुको योजनामा गुरमेहतालाई जोगाउने खेलमा लागेपछि घटनाको अनुसन्धान जिल्ला प्रहरीले शुरु गर्ने भएको हो । मोरङ स्थित सुन्दरहरैचा नगरपालिका ५ बस्ने राधिका दाहाललाई लेनदेनको बिषयमा काटेर मार्ने धम्की दिने व्यवसायीलाई संरक्षण गदै डिएसपी श्रेष्ठले मिल्न दबाब दिएका थिए । दाहालले इलाका प्रहरी कार्यालय इटहरीमा गुरमेहता बिरुद्ध किटानी जाहेरी दिएपनि अनुसन्धान जिल्लाबाट हुनु पर्ने भनेपछि गुरमेहतालाई बुधबार साँझ जिल्ला प्रशासन कार्यालयमा म्याद थप गरि इनरुवास्थित जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।
६ दिनको म्याद थप गरि अनुसन्धान शुरु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी नारायण चिमरियाले जानकारी दिए । इटहरी रहदा गुरमेहतालाई छाड्न नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का केन्द्रिय स्तरका नेताहरुले प्रहरीलाई दबाब दिने गरेका थिए । महिलासँग जोडिएको बिषयलाई कमजोर बनाउन सरकारी गाडी लिएर मन्त्रीका पिए र नेकपाका एक महिला नेतृ इटहरीका डिएसपीलाई भेट्न पटक पटक आउने गरेका थिए ।
पिडित महिलालाई कानुनी रुपमा प्रेसरमा पारेर केश मिलाउन नेताहरुले डिएसपी श्रेष्ठसँग योजना समेत बनाएका थिए । तर १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले घटनालाई गम्भीर रुपमा लिएपछि जिल्ला प्रहरी कार्यालय सुनसरीलाई अनुसन्धान थाल्न निर्देशन दिएको हो । जसमा इटहरीका डिएसपी शिवकुमार श्रेष्ठको बिषयमा पनि अनुसन्धान गर्न भनिएको छ । साथै प्रदेश प्रहरी कार्यालय बिराटनगरले इटहरीका डिएसपीलाई पिडकसँग मिल्न दबाब दिएको बिषयमा स्पष्टिकरण सोधेको छ ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved