प्रदेश २ को नाम अब ‘मधेस प्रदेश’ स्थायी राजधानी ‘जनकपुर’

  • प्रकाशित मितिः माघ ४, २०७८
  • 417 पटक पढिएको
  • समय अनलाइन

इटहरी । प्रदेश नम्बर २ को नाम अब ‘मधेस प्रदेश’ भएको छ । प्रदेशसभामा आज भएको मतदानबाट प्रदेशको नाम मधेश राख्नु पर्छ भन्ने प्रस्तावको पक्षमा ८० मत परेको छ । जम्मा ९९ सांसद मतदान प्रक्रियामा सहभागी भएका थिए ।

आजै प्रदेशको राजधानी ‘जनकपुरधाम’ कायम गरेको प्रदेश १ को प्रदेशसभा बैठकले आजै नामको पनि टुंगो लगाएको हो ।

बैठकमा पहिलो एजेण्डाको रुपमा प्रदेशको नाम ‘मधेस’ राख्नुपर्छ भन्ने प्रस्तावमा छलफल भएको थियो । उक्त प्रस्ताव पारित भएसँगै प्रदेश २ को नाम ‘मधेस प्रदेश’ भएको छ ।

यसअघि ‘मधेस’ नाममा कांग्रेस र एमालेको असहमति रहँदै आएको थियो । तर, वर्तमान सत्ता गढबन्धनका आधारमा कांग्रेसले पनि ‘मधेस’ कै पक्षमा मतदान गरेको छ । नेकपा माओवादी केन्द्रले यसअघि नै नाम ‘मधेस’ नै हुनुपर्ने पक्षमा थियो ।

प्रदेश २ मा जसपाको ३९, नेपाली कांग्रेसको १९, लोकतान्त्रिक समाजवादी पार्टीको १६, नेकपा एकीकृत समाजवादीको १३, नेकपा एमालेको ८, नेकपा माओवादी केन्द्रको ८ र नेपाल संघीय समाजवादी पार्टीको १ प्रदेशसभा सदस्य रहेका छन् । यसै बिच

प्रदेश २ को स्थायी राजधानी तोक्न भएको मतदान प्रक्रियामा ‘जनकपुर’ पारित भएको छ ।

सभामुख सरोजकुमार यादवको संयोजकत्वमा गठित विशेष संसदीय समितिले राजधानीका लागि प्रस्ताव गरेको पहिलो प्रस्ताव ‘उत्तरमा धनुषा ढल्केवरको पूर्व(पश्चिम लोकमार्ग, पूर्वमा कमला नदी, दक्षिणमा नेपाल भारतको दशगजा सिमाना र पश्चिममा मिथिला माध्यमिकी परिक्रमाक्षेत्र भित्रको सम्पूर्ण भूभाग सिमाना कायम’ गरी राजधानी बनाउने प्रस्ताव पारित भएको हो ।

यो प्रस्तावको पक्षमा ७८ मत प्राप्त भएको छ भने विपक्षमा अन्य मत परेको थियो । मतदानमा ९९ जना सांसदले सहभागीता जनाएका थिए । राजधानी सम्बन्धी प्रस्ताव पारित हुन प्रदेशसभाको कुल १ सय ४ सदस्यको दुई तिहाई ६८ मत हुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved