गठबन्धनको बैठक बस्दै, निर्वाचनका बारेमा छलफल हुने

  • प्रकाशित मितिः माघ ४, २०७८
  • 404 पटक पढिएको
  • समय अनलाइन

काठमाडाैं । सत्तारुढ गठबन्धनको उच्च स्तरीय राजनैतिक संयन्त्रको बैठक आज (मङ्गलबार) बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै छ । 

प्रधानमन्त्री एवम् नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सोमबार बालुवाटारमा छलफल भएको थियो । उनीहरुबीच भेटघाट एवम् छलफल भएको भोलिपल्ट सत्तारुढ गठबन्धनको बैठक बस्ने भएको हो ।

बैठकमा आगामी माघ १२ गते हुने राष्ट्रियसभाको निर्वाचन र स्थानीय तहसहित तीनै तहको निर्वाचनका बारेमा छलफल हुनेछ । अघिल्लो दिनको छलफलमा संवैधानिक व्यवस्थाअनुसार नै तीन तहको निर्वाचन गर्न देउवा र दाहाल सहमत भएका थिए । त्यसलगत्तै उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाएरै गठबन्धन दलहरुबीच छलफल गरेर निर्णय लिइने निष्कर्षमा नेताहरु पुगेका हुन् । 

आगामी वैशाखमा चुनाव गर्नुपर्ने भएपछि गठबन्धन छलफलमा जुटेको छ । गठबन्धनभित्र वैशाखमा चुनाव गर्नेबारे एकमत नरहेको बताइन्छ । त्यही भएकाले बैठक बोलाएर निर्णय लिने तयारी भएको हो । 

बैठक उच्च स्तरीय राजनैतिक संयन्त्रका संयोजक रामचन्द्र पौडेलको सभापतित्वमा बस्ने बताइएको छ । एक नेताका अनुसार बैठकमा स्थानीयसहित तीनै तहलका निर्वाचन र राष्ट्रियसभा निर्वाचनको रणनीति एवम् संसद्को गतिरोध अन्त्यका विषयमा पनि छलफल हुने छ । 

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न अनुरोध गरे पनि सरकारले ढिलाइ गरिरहेको छ । प्रमुख प्रतिपक्षी एमालेले स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउन खोजिएको आरोप लगाउँदै आएको छ । 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved