उदयपुरमा बोलेरो दुर्घटना, एक जनाको मृत्यु, सात जना घाइते

  • प्रकाशित मितिः माघ ४, २०७८
  • 420 पटक पढिएको
  • समय अनलाइन

उदयपुर ।उदयपुरमा भएको बोलेरो गाडी दुर्घटनामा परेर सोमबार साँझ एक जनाको मृत्यु भएको छ । दुर्घटनामा सात जना घाइते भएका छन् । 

कटारीबाट कालीखोलातर्फ जाँदै गरेको बा १० च ४१८८ नम्बरको बोलेरो कटारी नगरपालिका–४ स्थित भित्री सडकखण्डमा दिउँसो ३ः१० बजेतिर दुर्घटनामा परेको थियो । आफैँ अनियन्त्रित भएर बोलेरो दुर्घटना हुँदा उदयपुरको कटारी–८ का ३८ वर्षीय विक्रम राना मगरको मृत्यु भएको प्रदेश १ ट्राफिक प्रहरी प्रमुख एसपी बासुदेव खतिवडाले बताए । 

उनका अनुसार दिउँसो दुर्घटनामा परेर गम्भीर घाइते भएका राना मगरको उपचारका क्रममा कटारी अस्पतालमा साँझ ६ बजेतिर मृत्यु भएको हो । दुर्घटनामा कटारी–८ की ५६ वर्षीया सेतीमाया श्रेष्ठ, ५२ वर्षीय चन्द्र श्रेष्ठ, ५० वर्षीया गीता श्रेष्ठ, ५२ वर्षीय कृष्णलाल श्रेष्ठ, कटारी–५ का ५ वर्षीय बालक दिवस श्रेष्ठ, ३६ वर्षीया बुद्धिमाया श्रेष्ठ र ३५ वर्षीया वेतकुमारी थापा मगर घाइते भएका छन् । 

सामान्य अवस्थाका घाइतेहरुको कटारी अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार तीव्र गतिका कारण बोलोरो दुर्घटनामा परेको हो । 

दुर्घटनापछि फरार रहेका बोलेरो चालक कटारी–८ का २६ वर्षीय प्रेम श्रेष्ठको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बोलेरो नियन्त्रणमा लिएर घटनाका बारेमा अनुसन्धान थालिएको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved