कलाकार खेशारीलाल यादव नआएपछि सुनसरी बर्जु महोत्सवमा आगजनी

  • प्रकाशित मितिः माघ ५, २०७८
  • 498 पटक पढिएको
  • समय अनलाइन

इटहरी । भोजपुरी कलाकार खेशारीलाल यादव नआएको भन्दै स्थानीयले सुनसरीको बर्जु गाउँपालिकामा आयोजित बर्जु महोत्सवमा आगजनी र तोडफोड गरेका छन् ।

सुनसरीको बर्जु गाउँपालिका–६ स्थित चिमडीमा महोत्सव आयोजना भएको थियो । मंगलबार महोत्सवको अन्तिम दिन भोजपुरी कलाकार खेशारीलाल यादवको पुर्वनिर्धारित साङ्गितिक कार्यक्रम रद्द भएपछि आक्रोशित स्थानीयले कार्यक्रमस्थलमा आगजनी र तोडफोड गरेका हुन् । कलाकार यादवलाई हेर्न स्थानीय बिहानैदेखि ३०० र ५०० का दरले टिकट काटेर बसिरहेका थिए । तर, उनको कार्यक्रम रद्द गर्नुपरेपछि स्थानीयले भारतीय नम्बर प्लेटका ४ वटा स्कोरपियो र मोटरसाइकमा आगजनी गर्नुका साथै स्टेज र कुर्सीहरु समेत तोडफोड गरेका छन् । स्थानीयको तोडफोडबाट ठूलो क्षति भएको छ ।

यद्यपि, घटनाबारे यकीन विवरण भने हालसम्म प्राप्त भएको छैन् । घटनास्थलमा हाल अवस्था नियन्त्रणमा लिनका लागि जिल्ला प्रहरी सुनसरीबाट प्रहरी परिचालन गरिएको छ ।

सुनसरीको बर्जु–६ स्थित बर्जुतालको खेलमैदानमा पुस २४ गतेदेखि महोत्सवको आयोजना गरिएको थियो । मंगलबार महोत्सवको अन्तिम दिन थियो । कोरोनाको संक्रमण बढ्दै गएको अवस्थालाई दृष्टिगत गर्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले भौतिक जमघट हुने मेला र महोत्सव लगायतका कार्यक्रममा रोक लगाएको थियो । तर, आयोजकले प्रशासनको निर्देशन समेत अवहेलना गर्दै बर्जुमा उक्त महोत्सव जारी राखेकाले उक्त घटना भएको सुनसरी प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved