सुनिल शर्मा मुर्दावाद ! लेखेको पोष्टर टाँस्दै विद्यार्थी

  • प्रकाशित मितिः माघ ५, २०७८
  • 451 पटक पढिएको
  • समय अनलाइन

विराटनगर । नोबेल मेडिकल कलेजले लिएको अतिरिक्त शुल्क मिनाहाको माग गर्दै विद्यार्थीहरुले आज पनि आन्दोलनलाई निरन्तरता दिएका छन् । आजको आन्दोलनमा विद्यार्थीहरुले ‘मेडिकल माफिया सुनिल शर्मा मुर्दावाद !’ लेखेको पोष्टर विद्यार्थीहरुले सार्वजनिक स्थलमा टाँसेका छन् ।

विराटनगरस्थित नोबेल मेडिकल कलेजको प्राङ्गणमा विद्यार्थीले धर्ना पनि दिए । विद्यार्थीहरूले आफूहरुको आन्दोलन जारी रहेको बताएका छन् । उनीहरुले नोबेल मेडिकल कलेजको विद्यार्थी बोक्ने बसका साथै अस्पतालको भवनको भित्तामा समेत सुनिल शर्मा विरुद्धको पोष्टर टाँसेका छन् ।

अभिभावकसँग सहमति गरेको नाममा सार्वजनिक भएका कुरा झुठो रहेको भन्दै विद्यार्थीको माग पुरा नभएसम्म आफूहरुले आन्दोलन जारी राख्ने बताएका छन् । ‘नोबेल मेडिकल कलेजको लुटतन्त्र, माफियागिरी र गुण्डागर्दीका विरुद्धको शान्तिपूर्ण विरोध प्रदर्शन निरन्तर जारी छ,’ विद्यार्थी नेता ओसिम आलमले भने, ‘आज ‘मेडिकल माफिया सुनिल शर्मा मुर्दावाद !’ लेखिएको पम्प्लेट टाँसेर सांकेतिक विरोध प्रदर्शन गरियो । जबसम्म शुल्क वृद्धि फिर्ता हुँदैन तब सम्म हाम्रो शान्तिपूर्ण आन्दोलन जारी रहन्छ।’

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved