
सुरुङ्गा / झापाको दमकस्थित क्याम्पसमोड, पाडाजुँगी, डूँडामारी, माईधार, जुकेकल्भर्ट, लक्ष्मीपुर, रामचोक, वुट्टावारी र धाइजनमोड सडकखण्डमा सबैभन्दा बढी सवारी दुर्घटना हुने गरेका छन् ।
चालू आर्थिक वर्षको पछिल्लो ११ महिनामा झापामा भएका सवारी दुर्घटनामा परी १६ महिलासहित ९३ जनाले ज्यान गुमाए । अधिकांश दुर्घटना पूर्व – पश्चिम राजमार्गको पूर्व मेची नदीदेखि पश्चिमको मावा खोलासम्मको ५५ किलोमिटर सडकखण्डको यिनै ९ स्थानमा भएका छन् । ट्राफिक प्रहरीको त्रिवर्षीय तथ्याङ्क हेर्ने हो भने पनि सबैभन्दा बढी दुर्घटना यही स्थानमा भएको र मानिसको मृत्यु समेत यही सडक खण्डमा भएका दुर्घटनामा परी हुने गरेको उल्लेख छ । प्रत्येक वर्ष सवारीको चाप बढ्नु, सडकको स्तरोन्नति नहुँनु र तीव्र गति नै सवारी दुर्घटनाको मुख्य कारण भएको निष्र्कष सहित ट्राफिक प्रहरीले यि ९ स्थानलाई ब्ल्याकस्पर्ट एरिया (बढी सवारी दुर्घटना हुने स्थल) घोषणा गरेको छ ।
हरेक वर्ष भएका सवारी दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या पनि बढ्दै गएपछि ट्राफिक प्रहरीले सवारी दुर्घटना न्यूनीकरणका लागि ¥याडरगन (गति मापन यन्त्र) को प्रयोग शुरु गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक राजेश राईले जानकारी दिनुभयो । उहाँले भन्नुभयो–‘संयमता नअपनाई तीव्र गतिमा सवारी चलाउने नै बढी दुर्घटनामा पर्ने गरेको र उनीहरुको घटनास्थलमै मृत्यु हुने गरेको पाइएको छ, अब ¥याडरगनले सवारीको ‘स्पिड’ मापन गर्दै नियम उल्लङ्घन गरेको पाइए ‘स्पर्ट’मै कारवाही गर्छौ ।’
ट्राफिक प्रहरीले अहिले पूर्व – पश्चिम राजमार्गको ५५ किलोमिटर सडक खण्डको विभिन्न स्थानमा चेकजाँच शुरु गरेको छ । विशेष गरी बढी दुर्घटना हुने एरियामा ट्राफिक प्रहरीले चेकपोष्ट नै खडा गरेर दुर्घटना न्यूनीकरणका लागि अभियान शुरु गरेको प्रहरी निरीक्षक राईले बताउनुभयो ।
पूर्व–पश्चिम राजमार्ग सहित मेची राजमार्ग र जिल्लाका भित्री सडक खण्डमा पनि ट्राफिक नियम उल्लङ्घन गर्दै सवारी सञ्चालन हुने गरेको पाइएपछि ट्राफिक प्रहरीले झापाका भित्री सडक खण्डमा समेत चेकजाँचलाई कडाइ गरेको छ । राजमार्ग वाहेकका भित्री सडक खण्डमा पनि विभिन्न ठाउँमा अस्थाई चेकपोष्ट खडा गरी ट्राफिक प्रहरीले सवारी चेक जाँचलाई तीव्रता दिएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार मेची राजमार्गको वुधवारे सडक खण्ड र बिर्तामोड–चन्द्रगढी – भद्रपुर सडक खण्डको बिर्तावजार, चन्द्रगढी, भद्रपुर लगायतका स्थानमा ट्राफिक चेकपोष्ट खडा गरिएको छ । त्यस्तै शनिश्चरे, गौरादह र गौरीगञ्जमा पनि अस्थाई ट्राफिक चेकपोष्ट खडा गरिएको छ ।

झापामा सबैभन्दा बढी मोटरसाइकल दुर्घटनामा पर्ने गरेको पाइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७१÷०७२ मा ८७ वटा मोटरसाइकल दुर्घटना भएका थिए । त्यस्तै २०७२÷०७३ मा १५७ र आर्थिक वर्ष २०७३÷०७४मा १३७ वटा मोटरसाइक्ल दुर्घटनामा परे । त्यसैगरी चालू आर्थिक वर्ष २०७४÷०७५मा ११६ वटा मोटरसाइकल दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको तथ्याङ्कमा उल्लेख छ ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) कृष्ण प्रसाईले पूर्व क्षेत्रमा सवारी दुर्घटना न्यूनीकरणका लागि ¥याडरगनको प्रयोग शुरु गरिएको बताउनुभएको छ ।
उहाँका पूर्वका सबै मूख्य सडकमा ट्राफिक प्रहरीले वुधवारबाट सवारीको गति मापनका लागि ट्रफिक प्रहरीले काम गरिरहेको बताउनुभयो । ‘सडकको अवस्था हेरेर प्रतिघण्टा ८० किलोमिटरभन्दा बढी गतिमा सवारी चलाउन पाइँदैन’ उहाँले भन्नुभयो – यदि नियम उल्लङ्घन गर्दै सवारी चलाएको पाइए तत्काल कारवाही हुन्छ । पूर्वमा सवारीको चाप बढी र बढ्दो सहरीकरणकाकारण मानिसको भिडभाड बढी हुने भएकाले यहाँको सडकमा सवारीको स्पिड ६० भन्दा माथि हुनुहुँदैन डीएसपी प्रसाइले भन्नुभयो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक राईका अनुसार तीव्र गतिमा चलाइएका सवारीलाई ५ सयदेखि अवस्था हेरेर १५ सय रुपैयाँसम्म जरिवाना गर्ने गरिएको छ । उहाँले पूर्व क्षेत्रको निर्देशनमा यो काम भइरहेको र झापाका जुनसुकै सडकमा पनि ट्राफिक नियम उल्लङ्घन गर्दै सवारी चलाएको पाइए कानूनी कारवाही हुने बताउनुभयो । उहाँका अनुसार अभियान सञ्चालन शुरु गरेकै दिन वुधवार ७८ सवारी कारवाहीमा परेका छन् ।
कमल गाउँपालिकाको सहित गेट र चुलाचुली मोडमा गरेको सवारी चेकजाँचका क्रममा ७८ सवारी कारवाहीमा परेका हुन् । तीव्र गतिमा रहेका ४१ वस, ८ ट्रक, १४ कार–जिप र १५ वटा मोटरसाइकल कारवाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी नायव निरीक्षक याम खड्काले जानकारी दिनुभयो । कारवाहीमा परेका सवारीबाट ट्राफिक प्रहरीले ४३ हजार रुपैयाँ राजश्व संकलन गरेको बताइएको छ ।
सवासी तथा यातायात व्यवस्था नियमावली २०५४ मा कार, जिप, भ्यान र पिकअपले बढीमा प्रतिघण्टा ८० किलोमिटर कुदाउन पाउने व्यस्था गरेको छ । तर, सडकको अवस्था हेरेर मात्र सवारीको गति बढाउन पाइने उल्लेख छ । नियमावलीको परिच्छेद नम्वर ३ को दफा १८ उपदफा ५ को खण्ड क, ख ग र घ मा सवारीको गति निर्धारण गरिएको छ ।

सवारी दुर्घटना न्यूनीकरणमा सहयोग पु¥याउने उद्देश्यले सहारा नेपाल वचत तथा ऋण सहकारी संस्था लिमिटेड चारपानेले ट्राफिक प्रहरीलाई एउटा ¥याडरगन र दुई थान व्रेथलाइजर (मादक पदार्थ परीक्षण गर्ने यन्त्र) प्रदान गर्ने भएको छ । सहकारीका कार्यकारी निर्देशक महेन्द्र गिरीले ९ लाख मूल्य वरावरको ¥याडरगन र दुई थान व्रेथलाइजर खरिद गरिसकिएको र ट्राफिक प्रहरीलाई यही साता भित्र सो सामग्री प्रदान गर्ने कार्यक्रम रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved