कोशीका ७५ स्वास्थ्यकर्मीलाई कोरोना, सेवा प्रभावित

  • प्रकाशित मितिः माघ ६, २०७८
  • 435 पटक पढिएको
  • समय अनलाइन

विराटनगर । विराटनगरस्थित कोशी अस्पतालमा कार्यरत चिकित्सकसहित ७५ कर्मचारी कोरोना संक्रमित भएका छन् । अस्पतालका कार्यरत चिकित्सक, नर्स र कर्मचारी संक्रमित भएपछि अस्पतालबाट प्राप्त हुने स्वास्थ्य सेवा प्रभावित हुन पुगेको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा चुमनलाल दासका अनुसार अस्पतालमा कार्यरत ११ डाक्टरसहित नर्स, प्यारामेडिक्स र कर्मचारीहरु एकसाथ संक्रमित भएका हुन् । उनले चिकित्सकसहितका कर्मचारी संक्रमित भएपछि सेवा प्रवाहमा समस्या भएको बताए ।

‘फ्रन्टलाइन चिकित्सक र नर्सको ठुलो जनशक्ति कोरोना संक्रमित हुन पुगेका छन्,’ मेसु दासले भने, ‘अस्पतालको सेवा नियमित गर्न हामीलाई अहिले निकै समस्या भएको छ ।’ यद्यपि कुनै पनि सेवा हालसम्म नरोकेको उनले बताए । संक्रमित कर्मचारीको संख्या थपिँदै गएको खण्डमा समस्या आउने उनको भनाइ छ ।

संक्रमित बनेका चिकित्सक,नर्स र कर्मचारी सबै अहिले होम आइसोलेशनमा बसेको मेसु दासले बताए । अस्पतालमा २५९ दरबन्दी रहेको छ । त्यसमा हाल १ सय ९१ जना मात्र अस्पतालमा कार्यरत रहँदै आएका छन् । कोशी अस्पतालमा दैनिक १ हजार बढी विरामी उपचारका लागि आउने गरेको अस्पताल प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved