सिटौला समूहद्वारा नेविसंघको अधिवेशन बिथोल्न ‘काफ्ले गुट’ परिचालन

  • प्रकाशित मितिः असार १५, २०७५
  • 1214 पटक पढिएको
  • Mausam

 
 
 

नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघको अधिवेशन साउनको अन्तिम साता गर्ने तयारी भइरहेका बेला विभिन्न समूह र गुटले अबरोध गर्ने प्रयास थालेका छन् ।

नेविसंघका अध्यक्ष नैनसिंह महरले संगठनलाई राम्रोसँग चलाउन नसकेको भनेर आरोप लागिरहेका बेला समूह र गुटकै नेताहरू अधिवेशन विथाल्ने गरेर गतिविधि गरेपछि धेरैको मनमा चिसो पसेको छ । अध्यक्ष महरलाई समयमा बैठक बसाल्न नसकेको, नियुक्तिहरू गर्दा एकलौटी गरेको जस्ता आरोपहरू छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौला निकट मानिने नेविसंघका महामन्त्री कुन्दन काफ्ले समूहले महाधिवेशन विथोल्न ठूलो षड्यन्त्र गरेको रहस्य बाहिर आएको छ । महाधिवेशन तयारी गर्न विभिन्न समिति गर्नुपर्ने भएको छ । विभिन्न निर्णयहरू आवश्यक पर्छ ।

तर, कुन्दन काफ्ले समूहले कुनै पनि विषयमा असहयोग गर्दै आएको एक नेताले बताए । ‘आफूहरूको गुट बलियो बनाउन र महाधिवेशनमा बर्चश्व देखाउन कुन्दनजीहरूले गलत काम गरिरहनु भएको छ’, एकजना केन्द्रीय सदस्यले भने, ‘कुन्दन काफ्ले समूहको यो असहयोगले नेविसंघको साउनमा हुने भनिएको अधिवेशन दशैँ तिहार पछाडि धकेलिन सक्छ ।’

मूल्य वृद्धिको आन्दोलनमा कुन्दन काफ्ले समूहले अलग रुपमा संघर्ष गरेको थियो । केन्द्रीय कार्यसमितिको आन्दोलनमा कुन्दन काफ्ले समूह सहभागी भएको थिएन ।

नेविसंघले विद्यार्थी नेताका लागि उमेरको हद तोकेपछि आत्तिएको सिटौला समूहले काफ्ले समूहलाई परिचालन गरेर विधान संशोधन गरेर जाने पक्षमा देखिएको आरोप छ ।

कुन्दन काफ्ले विधान संशोधन गरेर एक पटक नेविसंघको अध्यक्ष बन्ने दाउमा छन् । तर, उनको यो दाउलाई अन्य विद्यार्थी नेताहरूले रुचाएका छैनन् ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved