सुनसरीमा ट्राफिक चेकिङ छलेर भाग्दा दुर्घटनामा पर्यो भारतीय कार, चार जना गम्भीर घाइते

  • प्रकाशित मितिः माघ ६, २०७८
  • 820 पटक पढिएको
  • समय अनलाइन

इटहरी । ट्राफिक प्रहरीको चेकिङ छलेर भाग्ने क्रममा सुनसरीको कोसी गाउँपालिकामा बुधबार राति भारतीय नम्बर प्लेटको एउटा कारण दुर्घटनामा परेको छ । 

दुर्घटनामा परेर कारमा सवार चार जना भारतीय नागरिक गम्भीर घाइते भएका छन् । पूर्व–पश्चिम लोकमार्गअन्तर्गत कोसी गाउँपालिका–४ शिव चोकमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बिआर ११ एएस ५७२५ नम्बरको कार दुर्घटनामा परेको हो । 

तीव्र गतिमा रहेको कारलाई ट्राफिक प्रहरी पोस्ट कोसी कटानका इन्चार्ज एवम् सहायक निरीक्षक (असइ) अमृत कार्की नेतृत्वको टोलीले रोक्न खोजेको थियो । तर चेकिङलाई छलेर भागेको कार केही पर पुगेर दुर्घटनामा परेको प्रदेश १ ट्राफिक प्रहरी प्रमुख एसपी बासुदेव खतिवडाले बताए । 

उनका अनुसार चेकिङस्थलबाट फुत्किएको कारले नजिकै रहेको ट्राफिक कोणलाई राति ८ः१० बजेतिर ठक्कर दिएको थियो । त्यहाँबाट झन् तीव्र गतिमा हुइँकिएको कार पूर्वतर्फ नै जाँदै गरेको प्रदेश १–०२–०१ ख ९३४२ नम्बको ट्रकमा ठोक्किएर दुर्घटनामा परेको एसपी खतिवडाले बताए । 

दुर्घटनामा कार चालक भारतको बिहारस्थित मध्यपुर जिल्लाको बहरी ग्रामपञ्चायत–२ का ३५ वर्षीय चन्दनकुमार साह, कारमा सवार बहरी ग्रामपञ्चायत–९ का ४५ वर्षीय शशि गुप्ता, ३० वर्षीय मनोहरकुमार यादव र ग्रामपञ्चायत–३ का ३५ वर्षीय बजेन्द्रकुमार यादव गम्भीर घाइते भएका हुन् । जिल्ला अस्पताल इनरुवामा उपचार हुन नसकेपछि घाइतेहरुलाई थप उपचारका लागि विराटनगरको विराट नर्सिङ होम एवम् विराटनगर अस्पताल पठाइएको प्रहरीले जनाएको छ । 

दुर्घटना लगत्तै प्रहरीले कार, ट्रक र ट्रकका चालक मोरङको केराबारी गाउँपालिका–८ का ३५ वर्षीय केशवबहादुर खड्कालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालेको छ । प्रहरीका अनुसार मादक पदार्थ सेवन (मापसे) गरेर चलाएका कारण चालकले ट्राफिक चेकिङ छलेर कार भगाउँदा दुर्घटना भएको पाइएको छ । 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved