अन्तरजातीय विवाह गर्नेविरुद्ध बलात्कार मुद्दा

  • प्रकाशित मितिः माघ ६, २०७८
  • 821 पटक पढिएको
  • समय अनलाइन

इटहरी ।अन्तरजातीय प्रेम विवाह गरेका मोरङको सुन्दरहरैचाका एक दलित युवाविरुद्ध केटी पक्षले बलात्कार आरोपमा मुद्दा दर्ता गरेको छ ।

मोरङको सुन्दरहरैँचा नगरपालिका–९ विराटचौक बजारमा सुन पसलमा काम गर्दै आएका २० वर्षीय भरत विश्वकर्मालाई केटी पक्षले छोरी अपहरण गरेर जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीमा मुद्दा दर्ता गरेको हो ।

विश्वकर्मा र १६ वर्षीया दनुवार थरकी बालिकाले एक महिनाअघि भागीविवाह गरेका थिए । खोजी गर्ने क्रममा कतै फेला नपरेपछि बालिकाका अभिभावकले दलित अगुवामार्फत केटालाई आफूले केही नगर्ने, आफ्नो छोरी मात्र उमेर नपुन्जेलसम्मका लागि छुटाएर लाने प्रतिबद्धता गर्दै केटाकेटी झिकाइदिन आग्रह गरेका थिए ।

सुन्दरहरैँचा नगरपालिका दलित उत्थान समितिका अध्यक्ष कुमार मिजारले केटाका आफन्तलाई भरतलाई केही हुन नदिने, आफू ग्यारेन्टी भएको भन्दै बोलाउन लगाएका थिए । सुरक्षाको आश्वासन पाएपछि घर आएका केटा र केटीलाई माघ २ गते आफन्तले इलाका प्रहरी बेलबारीको जिम्मा लगाएका थिए ।

इलाका प्रहरी बेलबारीले बलात्कार गरेको कसुरमा किटानी जाहेरी दर्ता गराउन भरतलाई सुनसरीको इटहरी प्रहरीको जिम्मा लगाएको थियो । बलात्कार गरेको पहिलो घटनास्थल दुहबी इलाकामा परेको भन्दै इलाका प्रहरी दुहबीलाई जिम्मा लगाएको थियो ।

केटाकेटी भागेर दुहबीमा आएर आफन्तकोमा बसेका थिए । सो स्थानमा बलात्कार भएको स्थान मानेर प्रहरीले जाहेरी दर्ता गरेको छ । सुन्दरहरैंचा नगरपालिका दलित उत्थान समिति अध्यक्ष कुमार मिजारले केटीका बाबु निर्माण व्यवसायी भएकाले पैसा र पहुँच प्रयोग गरेर निर्दाेष दलित युवालाई बलात्कार कसुरमा मुद्दा दर्ता गरेर अन्याय गरेको बताए ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved