प्रदेश एककाे धरान र बिराटनगर काेराेना संक्रमणकाे हटस्पट बन्दै , सिमामा नामै मात्रकाे सतर्कता

  • प्रकाशित मितिः माघ ७, २०७८
  • 524 पटक पढिएको
  • समय अनलाइन

इटहरी । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार ६० जनामा कोरोना संक्रमण भएको छ । १ हजार ३९७ जनाको पीसीआर परीक्षण गर्दा ८४५ र ५६७ जनाको एन्टिजेन परीक्षण गर्दा २१५ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ३७७, सुनसरीमा २५४, झापामा १३८, धनकुटामा १३, उदयपुरमा ५, तेहृथुम र इलाममा २–२, ओखलढुङ्गा, पाँचथर, भोजपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ५० जनामा संक्रमण देखिएको हो ।

मोरङको विराटनगरमा ३२०, बुढीगंगामा १८, उर्लाबारीमा ९, सुन्दरहरैचामा ७, कटहरीमा ४, बेलबारी र स्थानीय तह नखुलेका ३–३, पथरीशनिश्चरे, ग्रामथान, धनपालथान र रतुवामाईमा २–२, केराबारी, रंगेली, लेटाङ, सुनबर्षी र मिक्लाजुङमा १–१, सुनसरीको धरानमा १५९, इटहरीमा ५५, बर्जुमा ५, दुहवी, बराहक्षेत्र, इनरुवा र देवानगञ्जमा ४–४, हरिनगरमा ३, भोक्राहा र रामधुनीमा २–२, कोशी गाउँपालिकामा १ र स्थानीय तह नखुलेका ११, झापाको विर्तामोडमा ३८, भद्रपुरमा ३०, कनकाई र दमकमा १९, अर्जुनधारामा १२–१२, बुद्धशान्ति र शिवसताक्षीमा ६–६, मेचीनगरमा ५, हल्दिबारीमा ३, कमल र झापा गाउँपालिकामा २–२, गौरादह, बाहृदशी र स्थानीय तह नखुलेका १–१, धनकुटाको धनकुटा नगरपालिकाको ७, छथरजोरपाटीमा ३, महालक्ष्मीमा २ र पाख्रिबासमा १, उदयपुरको कटारी र स्थानीय तह नखुलेका २–२, बेलकामा १, तेहृथुमको लालीगुराँस र स्थानीय तह नखुलेका १–१, इलामको इलाम नगरपालिका र माईमा १–१, ओखलढुङ्गाको मोलुङ, पाँचथरको फिदिम, भोजपुरको भोजपुर नगरपालिका र खोटाङको जन्तेढुङ्गामा १–१ र प्रदेश १ बाहिरका ५० जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा आज ४८ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

संक्रमणमुक्त हुनेमा २५ महिला र २३ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । सक्रिय संक्रमितको संख्या ४ हजार ५१५ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved