ठेक्का लागेको ७ वर्षमा पनि बनेन गेउरिया खोलाको पुल, ठेकेदारलाई कारबाहीको माग

  • प्रकाशित मितिः माघ ७, २०७८
  • 873 पटक पढिएको
  • समय अनलाइन

विराटनगर । मोरङको कानेपोखरी–२ (दर्बेसा र केराउन जोड्ने) मा रहेको गेउरिया खोलाको पुल निर्माणमा ढिलाइ गर्ने निर्माण कम्पनीलाई कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी परेको छ ।

गेउरिया खोलाको पुल निर्माण २ वर्षमा सम्पन्न गर्ने गरी २०७१ साल कार्तिकमा सम्झौता भएको थियो । तर, अहिलेसम्म पुल सम्पन्न भएको छैन । हाल ७० प्रतिशत काम भएपछि निर्माण कम्पनीले बिना कारण काम रोकेको छ ।

निर्माण कम्पनीलाई कारबाही गर्नुपर्ने माग गर्दै निवेदन दिनेहरुमा कानेपोखरीका राजेन्द्रकुमार मण्डल र अर्जुन आचार्य रहेका छन् । ‘२ वर्षभित्र सक्ने गरी सम्झौता भएपनि ७ वर्ष वितिसक्दा पुल निर्माण हुन सकेको छैन । पुल नहुँदा उक्त ठाउँमा सर्वसाधरण आवतजावतमा समस्या छ,’ जिल्ला प्रशासन कार्यालयमा दिएको निवेदनमा उल्लेख छ, ‘गत बुधबार राती आगो निभाउन हिंडेको दमकल खोला तर्ने क्रममा त्यहीँ पल्टिएको थियो । सो स्थानमा यसखालका सवारी साधन पल्टिने, दुर्घटना हुने क्रम लामो समयदेखि निरन्तर जारी छ । यसको सम्पूर्ण कारण भनेको पुल नहुनु नै हो ।’

पुल निर्माण गर्ने सम्झौता गरेर पुल निर्माण नगर्दा भइरहेको क्षतिको जिम्मेवारी निर्माण कम्पनीले लिनुपर्ने बताउँदै निवेदक मण्डलले पुल निर्माणमा लापरबाही गर्नेलाई कारबाही गर्नुपर्नेमा जोड दिए । ‘आवश्यक छानविन गरी दोषि उपर कारबाही गर्न तथा छिटोभन्दा छिटो पुल निर्माणको लागि पहल गरिदिन हामीले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका हौं,’ मण्डलले भने ।

जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी महेशराज तिम्सिनाले निर्माण कम्पनीका संचालक सराजुद्धिन अन्सारीलाई बोलाएर जवाफ माग गर्ने बताए । ‘हामीले जिल्ला प्रशासन कार्यालयमा यस विषयमा छलफल गरेका छौं,’ तिम्सिनाले भने, ‘कानून अनुसार सरकारले प्रक्रिया अगाडि बढाउँछ, त्यहाँ पुल नहुँदा समस्या छ, म पनि त्यस ठाउँबाट ओहोर दोहोर गरेको छु ।’ पुल निर्माण नहुँदा सर्वसाधारणलाई आवत जावत सहज बनाउन निर्माण कम्पनीलाई तुरुन्त निर्देशन दिइने पनि तिम्सिनाले बताए ।

पुल निर्माणको लागि भुटाहा सुनसरीको फ्युचर र सराउद्धिन निर्माण सेवाले संयुक्त रुपमा ठेक्का पाएका थिए । १ करोड १८ लाखमा पुल निर्माणको सम्झौता भएर ५७ लाख रुपैयाँ भुक्तानी पनि लगिसकेको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय इटहरी अन्तर्गतको सडक डिभिजन कार्यालय विराटनगरले जनाएको छ । निर्माण कम्पनीका संचालक सराजुद्धिन अन्सारीलाई पटकपटक ताकेदा गर्दा पनि काम नभएको सडक डिभिजन कार्यालयको भनाइ छ । ‘विश्वास गर्नै गाह्रो भइसक्यो, दशैं अगाडिदेखि नै काम गर्न भन्दा पनि दशैंपछि, तिहार पछि, छैठ पछि, एक हप्ता पछि भन्दै ढाँट्दै आएको छ,’ सडक डिभिजन कार्यालय विराटनगरका प्रमुख इन्जिनियर सुदर्शन कार्कीले भने, ‘हामीले आजमात्रै कार्यालयमा बोलाएर कारबाहीको चेतावनी दिएका छौं, उहाँले आउँदो आइतबार, सोमबारदेखि काम गर्छु भन्नुभएको छ ।’

यता, निर्माण कम्पनीका संचालक अन्सारीले आफूले पुल निर्माणको लागि अढाइ करोड खर्च गरिसकेको बताए । पुल ढिलो निर्माण हुनुमा बेस निर्माण गर्ने क्रममा अत्याधिक पानी रहेको कारण खर्च बढेको कारण प्रष्ट पारे । यद्यपि आफूले काम सम्पन्न गर्ने उनले बताए । ‘दुई चार दिनपछि म काम सुरु गर्छु,’ उनले भने, ‘अहिले बिरामी भएर हो ।’

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved