हिउँमा खेल्दै पाथीभराको दर्शन, तीर्थयात्रीको आवतजावत बढ्यो

  • प्रकाशित मितिः माघ ९, २०७८
  • 775 पटक पढिएको
  • समय अनलाइन

फुङ्लिङ / ताप्लेजुङको सदरमुकाम नजिक पाभीभरा र सुकेटार विमानस्थल क्षेत्रमा बाक्लो हिमपात भएको छ । विहीबारदेखि सुरु भएको वर्षासँगै तीन हजार ७०० मिटरमा अवस्थित पाथीभारा र २४ सय सय मिटर उचाई रहेको सुकेटार क्षेत्रमा बाक्लो हिमपात भएको हो ।

प्रसिद्ध धार्मिक स्थल पाथीभरा र पर्यटकीय क्षेत्रको रुपमा रहेको सुकेटार क्षेत्रमा धेरै वर्षपछि हिमपात भएको स्थानीयले बताएका छन् । पाथीभरा क्षेत्रमा हिमपात भएसंगै हिउँमा खेल्दै पाथीभराको मन्दिरको दर्शन गर्ने तीर्थयात्रीहरुको संख्या बढ्दै गएको छ । विहीबार ६० जना, शुक्रबार ५० जना तीर्थयात्रीले हिउँमा खेल्दै पूजापाठ गरेको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले बताए । शनिबार करिब २०० जना तीर्थयात्रीहरु आएको समितिले जनाएको छ ।

यता फुङ्लिङबजार नजिक सुकेटारमा हिउँ परेसंगै शुक्रबार र शनिवार हिउँ खेल्नेको भीड लागेको छ । ताप्लेजुङका आएको समयमा सुकेटर क्षेत्रमै हिउँ खेल्ने अवसर पाउँदा खुसी लागेको धरानका सन्दीप लिम्बूले बताए । हिमपाताको समयमा पाभीभरा मन्दिरको दर्शनसंगै प्राकृतिक मनमोहक दृश्यको अवलोकन समेत गर्न सकिने पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्ले बताए । ‘पुस महिनादेखि फागुनसम्म पाथीभरा क्षेत्रमा हिउँको आनन्द लिँदै पाथीभरा माताको दर्शन गर्न सकिन्छ । तीर्थ यात्रीहरुका लागि क्षेत्र विकास समितिले सहयोगी कर्मचारीहरुले सहयोग गर्ने छ ।’ हिमापातको समयमा हिउँमा खेल्दै पाथीभरामा पूजापाठ गर्ने आउने तीर्थयात्रीहरुको संख्या बढ्दै गएको काफ्लेको भनाइ छ ।

यता जिल्लाको उच्च हिमाली क्षेत्रमा धेरै बाक्लो हिमपात भएको छ । हिमाली बस्ती ओलाङ्चुङगोला, याङ्मा, घुन्सा, फले, तोक्पेगोला, ग्याब्ला लगायतमा दुई फिट बढी हिउँ थुप्रिएको स्थानीयले बताएका छन् । हिमपात र वर्षा भएपछि चिसोका कारण भने जिल्लाको जनजीवन प्रभावित भएको छ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved