सिके राउतको हत्या धम्की प्रकरण : मन्त्री यादवको बचाउमा जसपाको विज्ञप्ति

  • प्रकाशित मितिः माघ ९, २०७८
  • 398 पटक पढिएको
  • समय अनलाइन

काठमाडाैं । सिके राउतको हत्या गर्ने धम्की दिएको भन्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री  रेणुकुमारी यादवको चौतर्फी आलोचना भइरहँदा यादवको पार्टी जनता समाजवादी पार्टी (जसपा)ले भने उनको बचाउ गरेको छ। 

जसपाले शनिबार विज्ञप्तिमा जारी गर्दै मन्त्री यादवले दिएको अभिव्यक्तिबारे कुनै कुरा उल्लेख नगरी हिंसात्मक गतिविधि रोक्न सिके राउत नेतृत्वको जनमत पार्टीलाई चेतावनी दिइएको छ।

गत बुधबार जसपाले रौतहट सदरमुकाम गौरमा आयोजना गरेको बलिदानी दिवसको कार्यक्रममा मन्त्री यादवले सिके राउतको हत्या गर्ने धम्कीयुक्त भाषण गरेकी थिइन्। जनमत पार्टीका कार्यकर्ताले कार्यक्रममा जानबाट उनलाई अवरोध गरेपछि उनले पदीय मर्यादा विपरितको अभिव्यक्ति दिएकी थिइन्।

यादवको अभिव्यक्तिलाई लिएर यतिबेला उनको राजीनामा माग्दै चौतर्फी आलोचना भइरहेको छ।तर, जसपाले जारी गरेको विज्ञप्तिमा भने जनमत पार्टीप्रति नै भर्त्सना गरिएको छ। 

जसपाको केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मन्त्री रेणुकुमारी यादवको प्रमुख आतिथ्यमा समाजवादी युवा संघ, नेपालको आयोजनामा रौतहटमा आयोजित ‘बलिदानी दिवस’को कार्यक्रमलाई जनमत पार्टीका नाममा उक्त पार्टीका नेता तथा कार्यकर्ताहरु सुनियोजित ढंगबाट लाठी, भाटा, ढुंगा आदि लिई उक्त कार्यक्रमलाई अवरोध गर्ने, कार्यक्रम विथोल्ने, आतंक मच्याउने र हिंसा भड्काउने जस्ता गैर राजनीतिक एवं आपराधिक क्रियाकलापमा संलग्न रहेका थिए। उक्त पार्टीद्वारा गराइएका यस्ता उद्दण्ड, गैर राजनीतिक, उच्छृंखल, अभद्र, अशोभनीय र आपराधिक कार्यको जसपा, नेपाल घोर विरोध एवम् भर्त्सना गर्दछ।’

विज्ञप्तिमा जसपाको कार्यक्रम तथा यसका कुनै नेता तथा कार्यकर्ताविरुद्ध लक्षित यस्ता आपराधिक कार्य अब उप्रान्त नगर्न समेत चेतावनी दिइएको छ। ‘यस्ता आपराधिक एवं गैरराजनीतिक, अराजक, गैरकानुनी, असामाजिक तथा अमर्यादित क्रियाकलापलाई नियन्त्रण गर्न नेपाल सरकारसँग आग्रह गरिन्छ‘, विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved