ओखलढुंगामा गुडिरहेको जीपमा ढुंगा खसेर लाग्दा तीनजनाको मृत्यु, तीनको अवस्था गम्भीर

  • प्रकाशित मितिः माघ ९, २०७८
  • 812 पटक पढिएको
  • समय अनलाइन

ओखलढुंगा / ओखलढुंगाको सिद्धिचरण नगरपालिका ३ नारायणस्थानमा आज (आइतबार) बिहान बोलेरो जीप दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ ।

प्रदेश एक ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार मानेभन्ज्याङ गाउँपालिका १ मोलीदेखि ओखलढुंगा सदरमुकामतर्फ आइरहेको को १ ज ३५६९ नम्बरको यात्रु सवार बोलेरो जीपमा बाटो माथीबाट ढुंगा खसेर लाग्दा दुर्घटना भएको हो ।

जीपमा सवार ६ जनामध्ये तीनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा सिद्धिचरण नगरपालिका १ तलुवाका १० वर्षीय युसव कोइराला, ७ वर्षीया युनिशा कोइराला र मानेभन्ज्याङ गाउँपालिका १ मोलीका ३० वर्षीय हेम मगर रहेका छन् ।

सिनपा १ तलुवाकै लक्ष्मी कोइराला र मानेभन्ज्याङ गाउँपालिका १ मोलीका देवबहादुर श्रेष्ठ र चालक सञ्जीव श्रेष्ठको अवस्था गम्भीर छ । घाइतेहरूको ओखलढुंगा सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved