सोलुखुम्बुमा जिप दुर्घटना

  • प्रकाशित मितिः असार १५, २०७५
  • 1125 पटक पढिएको
  • Mausam

सोलुखुम्बुको नेचा सल्यानमा आज बिहान भएको जीप दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा १ जना घाइते भएका छन् । 

यस अघि राष्ट्रिय समाचार समितिले सात जनाको मृत्यु भएको बताएको थियो । 

शुक्रबार बिहान नेचा सल्यानबाट काठमाडौं जाँदै गरेको ना. ज १८६० नम्बरको जीप दुर्घटना भएको हो ।

दुर्घटनामा उदयपुर सिरिषेका जीप चालक २१ बर्षिय कुसाङ तामाङसहित ५ जना यात्रुको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक प्रधुम्न अधिकारीका अनुसार दुर्घटनामा मृत्यु हुने यात्रुहरुमा सिराहा चनौठा १ का ३६ बािर्षय शिवकुमार यादव, खोटाङको खाल्डे गाउपालिका ८ का २४ बािर्षय कोपीला बस्नेत– कार्की), सोलुखुम्बु नेचा  गाउँपालिका २ का उर्मिला बस्नेत, सोही स्थानकी सुशीला खड्का र ओखलढुङगा माम्खा ५ का श्यामकुमार रहेका छन् । 

दुर्घटनामा गम्भीर घाइते भएकी करिव ८ बर्षिया बालिका सुस्मा खड्काको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि काठमाडौ ल्याउने तयारी भइरहेको छ । 

तिङ्ला र सल्यानको सिमानामा पर्ने गुप्तेश्वर महादेवको मन्दिर नजिकबाट जीप करिब ५ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । 

दुर्घटनाको कारण खुल्न नसकेपनि पानी परेर बाटो हिलो भएकाले दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । 

 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved