नोबेलको आन्दोलन स्थगित गर्न स्थानीय प्रशासनको निर्देशन, विद्यार्थीले नमान्ने

  • प्रकाशित मितिः माघ १०, २०७८
  • 500 पटक पढिएको
  • समय अनलाइन

विराटनगर । नोबेल मेडिकल कलेजले लिएको अतिरिक्त शुल्क मिनाहाको माग गर्दै आन्दोलनरत विद्यार्थी संगठनहरुलाई जिल्ला प्रशासन कार्यालय मोरङले आन्दोलनका कार्यक्रम स्थगन गर्न आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले आइतबार उक्त निर्देशन जारी गरेका हुन् । ‘उपरोक्त विषयमा चालू आ.ब.मा एमबिबिएस मा भर्ना हुने विद्यार्थीहरुलाई नोबेल मेडिकल कलेजले चिकित्सा शिक्षा आयोगबाट निर्धारण भएको भन्दा बढी रकम लिएको विषयमा अनुसन्धान गरी कानून बमोजिम कारबाहीको प्रक्रिया अगाडि बढिसकेको छ,’ उक्त निर्देशनमा भनिएको छ, ‘कोभिड १९ को तेस्रो भेरियन्ट ओमिक्रोनका कारण मोरङमा कोभिडको संक्रमण अत्याधिक बढेको, यस्तो अवस्थामा आन्दोलन गर्दा यसबाट कोभिड संक्रमणको जोखिम झन् बढ्न जाने देखिएकोले आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गरिदिन अनुरोध छ ।’

जिल्ला प्रशासन कार्यालयले उक्त निर्देशन आन्दोलनरत विभिन्न विद्यार्थी संगठनहरुलाई दिएको हो । प्रजिअ दाहालले गृहमन्त्रालय, चिकित्सा शिक्षा आयोग र काठमाडौं विश्वविद्यालयलाई पनि उक्त परिपत्र बोधार्थ दिएका छन् ।

यता विद्यार्थी संगठनका नेताहरुले भने सुनिल शर्मालाई कारबाही नभएसम्म आन्दोलन नरोक्ने बताएका छन् । ‘जबसम्म मेडिकल माफियालाई कारबाही हुन्न, विद्यार्थीले न्याय पाउँदैनन्, तबसम्म आन्दोलन जारी रहन्छ,’ विद्यार्थी नेता ओसिम आलमले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved