हराएको १२ दिनपछि जंगलमा भेटियो बावुरामको शव, हत्या गरेको आशंका

  • प्रकाशित मितिः माघ १०, २०७८
  • 902 पटक पढिएको
  • समय अनलाइन

इटहरी । मोरङको केराबारी गाउँपालिका–८ का २६ वर्षीय बाबुराम भट्टराई हराएको १२ दिनपछि मृत भेटिएका छन् । उनको शव आइतबार चारकोशे जंगलमा फेला परेको हो ।

खोर्साने केराबारी सडकको आमजुंगी विश्वकर्मा मन्दिरदेखि झण्डै २ किलिमिटर पूर्व देवीझोडा जाने भित्रि सडकदेखि १ किलोमिटर उत्तर चारकोशे जंगलभित्र ढलेको रुखको जराभित्र लुकाई राखेको अवस्थामा शव सडेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । भट्टराई गत पौष २७ गतेदेखि हराईरहेका थिए ।

केराबारी भोगटेनी रामपुर चल्ने सार्वजनिक बसमा सहचालक रहेका भट्टराई मच्छिन्द्र मेला लागिरहेको समयमा पुस २८ गते बेलुकादेखि हराएका थिए । उनी सम्पर्कमा नआएपछि हुलियासहित हराएको उजुरी प्रहरीमा दिएको दाजु भुपेन्द्र भट्टराइले बताए ।

पुस २३ देखि २९ सम्म लागेको मच्छिन्द्र मेलामा २८ गते मंगलबार दिउँसोसम्म मेला गएको उनलाई देखेको स्थानीयको भनाइ छ । मेला झगडा भएको र हत्या गरेपछि शव लुकाउन जंगलमा फालेको हुनसक्ने भएकोले प्रहरीले गहन रूपमा अनुसन्धान गरि घटनाको सत्यतथ्य बाहिर ल्याएर दोषिलाई सार्वजनिक गरि कारबाही गरिनुपर्ने आफन्तको माग रहेको छ ।

गाईवस्तु चराउन गएका केराबारी–८ का रामबहादुर खत्री र मनोरथ कोइरालाले दुर्गन्ध आएपछि हेर्न जाँदा कुहिएको अवस्थामा रुखको जराभित्र लुकाई राखेको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शवको प्रकृति हेर्दा उनको हत्या गरी फालिएको हुनसक्ने प्रारम्भीक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक सरोज खनालले बताए । ‘घटनाको सबैकोटबाट अनुसन्धान भइरहेको छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved