चिकित्सक सहित कोशीमा १ सय ३३ जना कर्मचारी संक्रमित, सेवा प्रवाह कठिन

  • प्रकाशित मितिः माघ १२, २०७८
  • 565 पटक पढिएको
  • समय अनलाइन

इटहरी ।विराटनगरस्थित कोशी अस्पतालमा कोरोना संक्रमित चिकित्सक, नर्स र कर्मचारीको संख्या दिनदिनै बढेको छ । मंगलबारसम्मा कोशी अस्पतालमा संक्रमितको संख्या १ सय ३३ पुगेको अस्पतालका निमिक्त मेसु डा. लक्ष्मीनारायण यादवले जानकारी दिए ।

उनका अनुसार संक्रमित हुने २४ जना डाक्टर, ४२ जना स्टाफ नर्स, ११ जना प्यारामेडिक्स, ७ जना प्याथालोजिस्ट, ४ जना डेन्टलका स्वास्थ्यकर्मी र ३६ जना कार्यालय सहयोगीमा संक्रमण देखिएको जानकारी दिए ।

अस्पतालमा कोरोना संक्रमणको अवस्था भयावह रहेको छ । कोशीमा प्रदेश १ र २ का बिरामी उपचारका लागि आउने भएकाले तिनै बिरामी उपचारका क्रममा चिकित्सक र नर्सहरू संक्रमित भएको अस्पतालले जनाएको छ ।

संक्रमित चिकित्सक, नर्स र कर्मचारी होम आइसोलेसनमा रहेको उनले बताए । बिरामी उपचारमा संलग्न चिकित्सक, नर्स र कर्मचारीहरू संक्रमित भएपछि ओपिडी, वार्ड, शल्यक्रिया, शिक्षण, अनुसन्धान र दैनिक गतिविधिमा असर परेको छ ।

अस्पतालमा कार्यरत चिकित्सकहरू नै धमाधम संक्रमित हुन थालेपछि सेवा प्रवाह कठिन भएको यादवको भनाइ छ । ‘संक्रमितमध्ये ४ जना चिकित्सक पुनः काममा फर्केकाले सेवा प्रवाहमा केही राहत भएको छ,’ उनले भने, ‘चिकित्सकमा संक्रमण दर यस्तै रह्यो र सरकारले दरबन्दीअनुसारको चिकित्सक तथा स्वास्थ्यकर्मी नपठाए सेवा ठप्प हुने अवस्था आउने देखिन्छ ।’

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved