प्रेस युनियन सुनसरीद्वारा बीमा बापतको रकम हस्तान्तरण

  • प्रकाशित मितिः माघ १२, २०७८
  • 792 पटक पढिएको
  • समय अनलाइन

इटहरी ।नेपाल प्रेस युनियन सुनसरीले दुर्घटनामा परेका सञ्चारकर्मी बुलेट खतिवडालाई बीमा बापतको रकम हस्तान्तरण गरेको छ । आज ९बुधबार० खतिवडाकै घरमा गएर युनियन कार्यसमितिले बीमा बापतको रकम हस्तान्तरण गरेको हो । प्रेस युनियन सुनसरीका सचिव विवेक भट्टराईका अनुसार दुर्घटना बापतको ७० हजार रुपैँया रकम हस्तान्तरण गरिएको हो ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अमर खड्का, नेपाल प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारी, पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष गणेश निरौला, महासंघका सचिव ध्रुव ढकाल, महासंघका सदस्य विवेक विवश रेग्मी, पत्रकारद्वय बाबुराम सुवेदी, अर्जुन सुवेदी लगायतको उपस्थितिमा उक्त बीमा बापतको रकम हस्तान्तरण गरिएको हो ।

‘अघिल्लो वर्ष जिल्लाका तीन सय १४ सञ्चारकर्मीको दुर्घटना बीमा गरिएको थियो, जसमध्ये दुर्घटनामा परेका तीनजना सञ्चारकर्मीलाई रकम हस्तान्तरण गरिएको छ भने एकजनाको रकम आउने प्रक्रियामा छ,’ सचिव भट्टराईले भने, ‘अजोड इन्स्योरेन्समार्फत गरिएको बीमा यसपटक पनि गर्ने तयारीमा छौँ ।’ उनका अनुसार यसपटक दुर्घटना बीमाका लागि सुनसरीमा कार्यरत सञ्चारकर्मीले आफू कार्यरत सञ्चार गृहको परिचयपत्र, आफू कार्यरत सञ्चार गृहको सिफारिस, सञ्चार गृहको नियुक्ति पत्र, नागरिकताको प्रतिलिपि आवश्यक पर्नेछ । यस्तै, दुई प्रति पासपोर्ट साइजको फोटो पनि आवश्यक पर्ने उनले बताए ।

आफैं कार्यरत सञ्चार गृहले दुर्घटना बीमा गरिसकेको अवस्थामा दोहोर्याएर पेस गरे मान्य नहुने बताइएको छ ।

प्रेस युनियनका अध्यक्ष पवन अधिकारीका अनुसार गत वर्ष युनियनले जिल्लाका सञ्चारकर्मीको दुर्घटना बीमा गरेको थियो । ‘यसवर्ष परिमार्जित योजना अनुरूप दुर्घटना बीमा गर्ने तयारी गरेका छौँ,’ उनले भने, ‘भरसक कसैको पनि दुर्घटना नहोस्, दुर्घटना भएको अवस्थामा केही भपनि राहत होस् भन्ने उदेश्यले बीमा कार्यक्रम अगाडि सारिएको हो ।’ उनका अुनसार यसवर्ष दुर्घटना बीमा गरिएका सञ्चारकर्मीहरू दुर्घटनामा परेको अवस्थामा मिडिया हाउसबाट पाइरहेको न्यूनतम पारिश्रमिक समेत पाउने योजना अनुसार बीमा गर्न लागिएको छ ।

पत्रकार महासंघका केन्द्रीय सदस्य अमर खड्काले दुर्घटनामा परेर बसेको समयमा राहत महसुस हुनेगरी युनियनले दुर्घटना बीमाको योजना ल्याउनु सकारात्मक रहेको बताए । उनले भने, ‘पैसा ठूलो कुरा होइन, संस्थाको दायित्व र यसले गर्ने सपोर्ट ठूलो कुरा हो ।’ कोही सञ्चारकर्मी दुःखमा  परेको अवस्थामा संगठन साथ रहनु सकारात्मक रहेको उनको तर्क छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved