सुनसरीको भोक्राहा नरसिंह गाउँपालीका क्षेत्रका बाढी पीडितहरु लाई जनही २५ हजारका दरले राहत वितरण गरिएको छ । जिल्ला दैवी प्रकोपद्वारा पठाएको २५ हजारको राहत रकम बिहीबार भोक्राहा नरसिंह गाउँपालीका अध्यक्ष महेन्द्र प्रसाद यादवले वडा ८ का २१ जना बाढी पीडितलाई वितरण गरेका हुन् ।
एक वर्षअघि निरन्तरको वर्षापछि आएको बाढीबाट पूर्णरूपमा प्रभावित २८ घरपरिवार मध्ये बिहीबार २१ परिवारलाई गाउँपालीका अध्यक्ष यादवको रोहवरमा सो बराबरको वितरण गरेको वडा नम्बर ८ का अध्यक्ष हात्तिम अन्सारीले जानकारी दिए । उक्त बाढी पीडितलाई रकम हस्तान्तरण कार्यक्रममा १ नम्बर वडाका अध्यक्ष ललितनाथ थापा, २ नम्बर वडाका अध्यक्ष आलम अन्सारी, ३ नम्बर वडाका अध्यक्ष सुकदेब यादव, ४ नम्बर वडाका अध्यक्ष हारुन अन्सारी, ५ नम्बर वडाका अध्यक्ष बसरुद्दिन मन्सुरी, ६ नम्बर वडाका अध्यक्ष राजेश्वर प्रसाद साह, ७ नम्बर वडाका अध्यक्ष रामचन्द्र यादव, सहित स्थानीय समाजसेवी तथा बुद्धिजीवीहरुको उपस्थिति थियो ।

