अन्तरघात गर्नेविरुद्ध एमालेको आक्रोश : अवसरवादी र अराजक पात्रले अन्तरघात गरे

  • प्रकाशित मितिः माघ १४, २०७८
  • 403 पटक पढिएको
  • समय अनलाइन

विराटनगर । राष्ट्रियसभा निर्वाचनमा प्रदेश १ का एमाले उम्मेद्वार गुरु प्रसाद बराललाई मत नहाल्ने आफ्ना जनप्रतिनिधिलाई एमाले प्रदेश १ ले छानविन गरी कारबाही गर्ने भएको छ ।

नेकपा एमाले प्रदेश १ समितिका तर्फबाट एक विज्ञप्ति जारी गर्दै संयोजक तुलसी न्यौपानेले अन्तरघातीलाई कारबाही गर्न आफ्नो पार्टी दृढ संकल्पित रहेको बताएका छन् ।

‘राष्ट्र, जनता, पार्टी, क्रान्तिका वैरीहरूले हाम्रो पार्टीका विरुद्धमा चालेका षडयन्त्रको शिकार भएर पार्टी भित्रका कतिपय अवसरवादी र अराजक पात्रहरुले यो राष्ट्रिय सभा सदस्य पदको निर्वाचनमा समेत अवान्छित हर्कत गरेको पाईएको छ,’ न्यौपानले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘पार्टी निर्णय र हित विरुद्धमा चालिएका त्यस्ता अन्तरघाती कदमको वस्तुनिष्ठ छानविन गरी दोषी उपर कडा कारबाही गर्न हाम्रो पार्टी नेकपा एमाले दृढसंकल्पित छ ।’

न्यौपानलेले दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई पराजित गरौं, जवजको मार्ग दर्शनमा समाजवादको आधार निर्माण गरौं भन्ने मूलनाराका वरिपरी गोलवन्द भएर अदम्य साहसका साथ अगाडि बढ्न पनि आव्हान गरेका छन् ।

उनले राष्ट्रिय सभा सदस्य पदको निर्वाचनमा प्रदेश १ बाट विजयी सोनाम गेल्जेन शेर्पालाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । देशी विदेशी प्रतिक्रियावादी प्रतिक्रान्तिकारी शक्तिको आड भरोसामा निर्मित एवम् संचालित पाँच दलीय पश्चगामी गठवन्धनको दृढताका साथ एमालेले सामना गरेको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved