प्रदेश १ : मन्त्रालय विभाजनको निर्णय गुपचुप

  • प्रकाशित मितिः माघ १७, २०७८
  • 397 पटक पढिएको
  • समय अनलाइन

इटहरी । प्रदेश १ सरकारले मन्त्रालय विभाजनको निर्णय गुपचुप राखेको छ । आइतबार बसेको प्रदेश  १ मन्त्रीपरिषद् बैठकले प्रदेशका सात वटा मन्त्रालय विभाजन गरी १२ वटा पुर्याउने निर्णय गरेको थियो । तर सरकारले प्रदेशको नामाङकन र जग्गा खोजीका लागि कार्यदल गठन गरेको निर्णय मात्रै सार्वजनिक गर्यो ।

मुख्यमन्त्री निकट स्रोतका अनुसार मन्त्रालय विभाजनको निर्णय सार्वजनिक गर्दा आलोचना हुने भएका कारण सो निर्णय गुपचुप राखिएको हो । बैठकले मन्त्रीपरिषद् कार्यविभाजन नियमावली संशोधन गर्दै मुख्यमन्त्री कार्यालयसहित मन्त्रालयको संख्या १२ पुर्याउने निर्णय गरेको छ ।

प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले मन्त्रीपरिषद् कार्य विभाजन नियमावली संसोधनको प्रस्ताव मन्त्रीहरुलाई अध्ययनका लागि उपलब्ध  गराइएको दाबी गरे । उनले निर्णय भइनसकेको बताए ।  

गत कात्तिक १६ गते पाँच दलिय गठबन्धनको तर्फबाट नियुक्त भएका मुख्यमन्त्री राजेन्द राईले काम गर्न नसकेको भन्दै आलोचना भइरहेको छ । मन्त्रालय विभाजनको निर्णय सार्वजनिक गर्दा आलोचना बढ्ने भएका कारण आइतबार स्थायी संरचनाका लागि जग्गा खोज्ने र नामका लागि सहमति जुटाउन कार्यदल गठनको निर्णय सार्वजनिक गरेको थियो ।  

बैठकले आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीको संयोजकत्वमा प्रदेश कार्यालयका प्रशासनिक संरचना बनाउनका लागि जग्गा व्यवस्थापन कार्यदल गठन गरेको छ । जसमा विराटनगर महानगरपालिका, कटहरी  ग्रामथान, बूढीगङ्गा गाउँपालिका, इटहरी उपमहानगरपालिका र सुन्दरहरैचा नगरपालिका प्रमुख सदस्य छन् । कार्यदलको  सदस्य–सचिवमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका शासकीय सुधार महाशाखाका सचिव छन् ।
 
बैठकले प्रदेशको नामकरणका लागि समन्वय र सहजीकरणका लागि  सामाजिक विकास मन्त्री जयराम यादवलाई जिम्मेवारी दिने निर्णय गरेको आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved