राप्रपामा पदाधिकारीदेखि प्रवक्तासम्म मनोनीत, कसलाई के जिम्मेवारी?

  • प्रकाशित मितिः माघ १७, २०७८
  • 480 पटक पढिएको
  • समय अनलाइन

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेताहरुलाई पदाधिकारी तथा विभाग प्रमुखमा नियुक्त गरेका छन्। 

पार्टीको विधान अनुसार पदाधिकारी, विभाग प्रमुख र सचिवालयको सदस्य सचिव पदमा उनीहरुलाई अध्यक्ष लिङ्देनले मनोनयन गरेका हुन्। 

लिङ्देनले मंसिरमा भएको एकता महाधिवेशनपछि जारी मनोनयन प्रक्रियालाई अन्तिम रुप दिएका हुन्। उनले पार्टी उपाध्यक्षमा लमजुङका हेमजंग गुरुङ र सुर्खेतका मुकुन्दश्याम गिरीलाई मनोनीत गरेका छन्।

त्यस्तै पार्टीको महामन्त्री पदमा ओखलढुंगाका राजेन्द्र गुरुङ र मोरङका प्रह्लाद प्रसाद साहलाई मनोनीत गरेका छन्। एकता महाधिवेशनबाट भुवन पाठक र कुन्ती शाही महामन्त्रीमा निर्वाचित भएका थिए। 

त्यस्तै लिङ्देनले सह-महामन्त्री बाराका मोहनप्रसाद यादव, कालिकोटका धनबहादुर बुढा, अछामका श्यामबहादुर शाही, काठमाडौंका प्रकाश रिमाल, भक्तपुरका रवीन्द्रप्रताप शाह, नुवाकोटका झनक प्याकुरेल र चितवकी रीना गुरुङलाई मनोनीत गरेका छन्। 

पार्टीको प्रवक्तामा पनि विभिन्न नेतालाई मनोनीत गरिएको छ। लिङ्देनले पार्टी प्रवक्तमा झापाका भक्तिप्रसाद सिटौला, गोरखाका मोहन श्रेष्ठ, पाँचथरका सगुनसुन्दर लावती र मोरङका गोपाल दाहाललाई मनोनीत गरेका छन्। 

त्यस्तै उनले सहायक महामन्त्रीमा जुम्लाका रमानन्द न्यौपाने दोलखाका विजय खड्का, डोटीका प्रेम बलायर, बाँकेका ऋषिराज देवकोटा, रुपन्देहीका ताहिर अलि, नुवाकोटका दीपक कुमार राईलाई मनोनीत गरेका छन्। 

पार्टीको सहायक प्रवक्तामा दोलखाका प्रविण कुमार थोकर तामाङ, मोरङका दिनेश कुमार साह र कञ्चनपुरका पूर्णबहादुर चन्दलाई मनोनित गरिएको छ। 

राप्रापाले विभिन्न विभाग प्रमुख पनि तोकेको छ। अध्यक्ष लिङ्देनले विभिन्न ६ वटा विभागमा नेताहरुको मनोनयन गरेका हुन्। जुम्लाका रमानन्द न्यौपानेलाई केन्द्रीय सचिवालयको सदस्य सचिवमा मनोनयन गरिएको छ।

कसलाई कुन विभाग?
१. आर्थिक विभाग प्रमुखमा दिनेश श्रेष्ठ, भक्तपुर 
२. धर्म तथा संस्कृति समन्वय विभाग प्रमुखमा पुष्पराज पुरुष, ललितपुर 
३. सूचना तथा प्रविधि विभाग प्रमुखमा रविन चाम्लिङ्ग, खोटाङ 
४. तराई मधेश विभाग प्रमुखमा रामप्रताप साह 'भोला', सिराहा
५. अभिलेख तथा मूल्याङ्कन विभाग प्रमुखमा मीना सुवेदी, काठमाडौं 
६. सहकारी समन्वय विभाग प्रमुखमा सुदर्शन थापा, काठमाडौं 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved