काठमाडाैं । नेपाली राष्ट्रिय फुटबल टिमले मङ्गलबार (आज) अफ्रिकी राष्ट्र मोरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेल खेल्दै छ ।नेपाल र मरिससबीचको खेल अपराह्न ४ः४५ बजेबाट त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछ । यसअघि शनिबार साँझ भएको मोरिससविरुद्ध पहिलो मैत्रीपूर्ण खेलमा १–० गोलको जित निकालेको थियो ।
नेपालको जितमा तीन वर्षपछि राष्ट्रिय टिममा फर्किएका विमल घर्तीमगरले निर्णायक गोल गरेका थिए । अब, आज दोस्रो खेलमा पनि नेपाल जित निकाल्ने दाउमा हुनेछ । यसका लागि मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले टोलीमा दुई खेलाडी परिवर्तन गर्दै टिम घोषणा गरेका छन् ।
उनको टिमबाट डिफेन्डर अनन्त तामाङ र प्रशान्त अवस्थी बाहिरिएका छन् । यस्तै, मनिष डाँगी र दर्शन गुरुङ समावेश छन् । किरणकुमार लिम्बुको कप्तानीमा रहेको टिममा विशाल श्रेष्ठ, शत्रुघन चौधरी, गौतम श्रेष्ठ, दिनेश राजवंशी, देवेन्द्र तामाङ, सुमन अर्याल, सुरजज्यु ठकुरी, पुजन उपरकोटी, सुमन लामा, तेज तामाङ, नवीन गुरुङ, सुजल श्रेष्ठ, सुवास गुरुङ, अन्जन विष्ट, आशिष लामा, विमल घर्तीमगर, मनिष डाँगी, आशिष राई, एरिक विष्ट, सुशील राई, दर्शन गुरुङ र सन्तोष तामाङ रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2025 - Samayaonline.com All rights reserved