ब्याडमिन्टन क्लवहरुको संयुक्त आयोजनामा प्रिन्स दाहाललाई इटहरीमा सम्मान

  • प्रकाशित मितिः माघ १८, २०७८
  • 866 पटक पढिएको
  • समय अनलाइन

इटहरी । विश्व ब्याडमिन्टन संघ बि डब्लु एफ को विश्व जुनियर बरियता क्रममा शिर्ष स्थानमा पर्न सफल नेपाली ब्याडमिन्टन खेलाडि प्रिन्स दाहाललाई इटहरीमा सम्मान गरिएको छ ।   सुनसरी ब्याडमिन्टन एकेडेमी लगायतका ब्याडमिन्टन खेलसंग विभिन्न क्लवहरुको संयुक्त आयोजनामा नगद ५१ हजार सहित सम्मान पत्रले सम्मान गरिएको हो ।

   इटहरी ब्याडमिन्टन क्लबका अध्यक्ष मणीराज गुरुङको अध्यक्षता तथा प्रदेश नम्बर १का प्रदेश सभा सदस्य लिलम बस्नेतको प्रमुख आतिथ्यमा आयोजित सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा विश्वकै शिर्ष स्थानमा पर्न सफल ब्याडमिन्टन खेलाडि दाहाललाई नगद सहित सम्मान पत्रले सम्मान गरियो ।

सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सुनसरी ब्याडमिन्टन एकेडेमी, सुनसरी जिल्ला ब्याडमिन्टन संघ ,धनकुटा जिल्ला ब्याडमिन्टन संघ, इटहरी ब्याडमिन्टन क्लब, झुम्का ब्याडमिन्टन क्लब, रक्तमाला ब्याडमिन्टन क्लब, सगरमाथा ब्याडमिन्टन, सगरमाथा ब्याडमिन्टन क्लब, साकेला ब्याडमिन्टन क्लब, स्पोर्ट्स एरिना प्रा.लि र सागर फिडले संयुक्त रुपमा आयोजना गरेको सुनसरी ब्याडमिन्टन एकेडेमीका अध्यक्ष सुरेश कार्कीले जानकारी दिए  ।

सम्मान कार्यक्रममा राष्ट्रिय खेलकुद परिपदका सदस्य तथा नेपाल ब्याडमिन्टन संघका उपाध्यक्ष सुभाष श्रेष्ठ, चन्द्रशेखर लामा ,ब्याडमिन्टन प्रमुख प्रशिक्षक सुदिप योञ्जन , अन्तराष्ट्रिय रेफ्रि उदय अर्यालको उपस्थिती रहेको थियो । सम्मानीत दाहाललाई आयोजकका सम्पुर्ण क्लव ,एकेडेमी तथा संघका अध्यक्षहरु प्रत्यक्ष सहभागी भएर छुटटाछुटटै सम्मान पत्र प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved