डा. अबुलद्वारा सुनसरीका पालिकाहरुलाई निःशुल्क सिटामोल हस्तान्तरण

  • प्रकाशित मितिः माघ १८, २०७८
  • 543 पटक पढिएको
  • समय अनलाइन

इटहरी । नेपाली कांग्रेसका युवा नेता, नेपाल विद्यार्थी संघका निवर्तमान केन्द्रीय सदस्य तथा चौँधौ महाधिवेशनका निर्वाचित प्रतिनिधि समेत रहेका डा.अबुल हुसैन अन्सारीले सुनसरीको विभिन्न पालिकाहरुमा निःशुल्क औषधी हस्तान्तरण गर्नु भएको छ ।

सुनसरीको बराहक्षेत्र नगरपालिका, इनरुवा नगरपालिका, कोशी गाउँपालिका, हरिनगर गाउँपालिका र भोक्राहा नरसिंह गाउँपालिकालाई निःशुल्क सिटामोल हस्तान्तरण गरेका हुन् ।
काठमाण्डौंमा गत बुधबारदेखि अयान हेल्थ केयर र अनमोल हेल्थ केयर प्रा.लि. को आयोजनामा निःशुल्क औषधी वितरण कार्यक्रमलाई निरन्तरता दिदै गृह जिल्ला सुनसरीमा सो पालिकाहरुलाई पनि निःशुल्क पारासिटामोल ट्याबलेट हस्तान्तरण गरेका हुन् ।

इनरुवा नगरपालिकालाई ७ हजार सिटामोल ट्याबलेट, बराहक्षेत्र नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका, हरिनगर गाउँपालिका र कोशी गाउँपालिकालाई ३५ सयको परिमाणमा निःशुल्क सिटामोल वितरण गरेको अयान हेल्थ केयर र अनमोल हेल्थ केयर प्रा.लि. का प्रतिनिधि तथा बरिस्ठ पत्रकार समेत रहेका ताविल अन्सारीले जानकारी दिए ।

निःशुल्क सिटामोल हस्तान्तरण गर्दै हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले कोभिड–१९ महामारीको बेला र देशमा सिटामोल अभाव भएको बेलामा राहत स्वरुप समाज सेवा गर्ने भावनाले सिटामोल उपलब्ध गराएकोमा आभार प्रकट गर्दै धन्यवाद व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved