जसले आमाको हत्या गरे, एक्लै जलाए अनि प्रहरीमा आमा हराएको सूचना दिए

  • प्रकाशित मितिः माघ १९, २०७८
  • 460 पटक पढिएको
  • समय अनलाइन

इटहरी । सम्पत्तीको लोभले मानिस कतिसम्म क्रुर र अधैर्य हुन्छन् भन्ने कुराको उदाहरण बनेका छन् मोरङ पथरीशनिश्चरेका कमल श्रेष्ठ । पथरीशनिश्चरे नगरपालिका २ जयचोकका ४८ वर्षीय कमल श्रेष्ठले सम्पत्तीको लागि आफ्नै आमा ९० वर्षीय जगमाया श्रेष्ठको हत्या गरे ।पक्राउ परेका कमल जगमायाका कान्छा छोरा हुन् । जगमायाको चार छोरा छन् ।

उनी कान्छा छोरा कमलसँग बस्दै आएकी थिइन् । कमलले आमाको १२ माघ विहान ३ बजे घाँटी थिचेर हत्या गरेको प्रारम्भीक चरणको अनुसन्धानबाट खुलेको इप्रका पथरीका डिएसपी कृष्ण खड्काले जानकारी दिए ।कान्छा छोराले सम्पती हडप्न आमाको हत्या गरेको अनुसन्धानबाट खुलेको उनले बताए । आमाको हत्या गरेको पाँच दिनपछि कान्छा छोरा कमल पक्राउ परेका हुन् । प्रहरीले उनलाई सोमबार पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पक्राउ परेका श्रेष्ठले बुबाको नाममा रहेको १५ कट्ठा ९ धुर जग्गा आमा तथा अन्य भाईहरुलाई थाहा नै नदिई आफ्नो श्रीमतीको नाममा बनाएका थिए । बुवाको मृत्यु भएपछि कमलले आमाको नाममा जग्गा पास गराउने भनेका थिए । तर, आमालाई झुक्याएर कमलले श्रीमतीको नाममा जग्गा पास गराए । त्यसबारे आमालगायत अन्य भाईहरुलाई जानकारी भएपछि अदालतमा मुद्दा परेकोमा अदालतले ५ कठ्ठा जग्गा आमाको नाममा रहने गरी फैसला गरेको थियो । बाँकी रहेको १० कट्ठा ९ धुर जग्गा पनि दाइहरुलाई आमाले दिनसक्ने भएकोले आमाको हत्या गरेको प्रारम्भीक चरणको अनुसन्धानदेखि खुलेको प्रहरीले जनाएको छ ।

हत्यागरेपछि आमाको शव त्रिपालमा पोको पारेर एक्लै घाट लगे र जलाए

कमलको आमा जगमाया नियमित मनिङ वाक गर्न सबेरै निस्किने गर्दै आएकी थिइन् । १२ माघमा पनि उनी ३ बजे मनिङवाक गर्न घरबाट निस्किने तयारी गरेर बाहिर निस्किइन् । जग्गाको विषयलाई लिएर कान्छा छोरासँग विवाद भइरहेकोले मनिङ वाक गर्न निस्किएको बेला कमलले आमालाई घाँटी थिचेर आँगनमा हत्या गरेको घटनाको अनुसन्धान गर्दै आएका प्रहरीका अधिकारी बताउँछन् ।

आमाको हत्या गरेपछि घरमा रहेको त्रिपालमा पोको पारेर साइकलमा हालेर घरदेखि करिब डेढ किलोमिटर उत्तरमा रहेको सामुदायिक वनमा रहेको गुरुङ समुदायको घाटमा लगे र उनले एक्लै आमाको शव जलाए । उनले टायरमा राखेर आमालाई जलाएको बयानको क्रममा स्वीकार गरेको अनुसन्धान गर्दै आएका एक प्रहरी अधिकृतले बताए ।

‘आमालाई जलाएपछि हातमा जुत्ता बोकेर हतारिएर हिंडेको पनि मनिङ वाक गर्ने एक व्यक्तिले देखका रहेका छन् । हातमा जुत्ता बोकेर कहाँ हिडेको भनेर कमललाई ती व्यक्तिले सोधेका रहेछन् । तर, उनले त्यसबेला मनिङ वाक गरेको भनेका रहेछ,’ अनुसन्धान गर्दै आएका एक प्रहरी अधिृकतले भने ।

हत्या गरेपछि आमा हराएको भन्दै प्रहरीमा निवेदन

आमाको हत्या गरेपछि कमल अरु दाइहरुलाई पनि सँगै लिएर १४ माघमा इलका प्रहरी कार्यालय पथरीमा पुगेका थिए । दुई दिनदेखि आमा हराएको भन्दै कमलसहित अन्य दाइहरु पनि आएर हुलियासहित आमा हराएको निवेदन दिएर उनीहरु गएका थिए । कमलका अरु दुई जना दाइहरु छुट्टिएर बसेका छन् । प्रहरीले यस घटनालाई गम्भीर रुपमा लिँदै आएको थियो ।

वृद्धा हराएको जानकारी आएपछि अनुसन्धान गर्दा जग्गा विवादको विषय बाहिर आएको र सुक्ष्म अनुसन्धान गर्दा छोरा कमलले नै हत्या गरेको खुलेको डिएसपी खड्काले बताए । हत्यामा संलग्न रहेको खुलेपछि प्रहरीले श्रेष्ठलाई पक्राउ गरि मगलबार मोरङ अदालतमा ‘कर्तब्य ज्यान’ मुद्दामा १० दिनको म्याथ थप गरि अनुसन्धान सुरु गरेको मोरङ प्रहरीले जनाएको छ । सम्पत्ती र परिवारिक कहलको कारणले आमाको हत्या गरेको कमलले स्वीकार पनि गरेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved